इटहरी: दुहबी ६ उखुघारीमा हत्या गरेर फालेको अवस्थामा ३२ वर्षीया महिला सम्झना खत्री शव फेला परेको छ । ।

शुक्रबार बिहान करिब ११ बजेतिर ट्याक्टर चालकले पिसाब फेर्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान तत्काल खुल्न नसके पनि अपरान्ह करिब ३ बजेतिर शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

। उनी दुहवी नगरपालिका ६ का स्थायीबासी हुन् । उनका श्रीमान् विकास परियार इलाममा टेलर्स व्यवसाय गर्दै आइरहेका थिए । विकासले श्रीमतीको पहिचान गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दोस्रो व्यक्तिसँग लभ अफेयरका कारण हत्या भएको हुनसक्ने देखाएको छ । उनी मङ्गलबारदेखि हराइरहेकी थिइन् । हत्या किन कस्ले गर्र्याे भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।