इटहरी : सिमेन्टमा किन बन्धन नै रोज्ने ?

बन्धन सिमेन्टको उत्पादन पुर्वी नेपालमा सुरु हुँदै गर्दा धेरै सिमेन्ट उद्योग थिएनन् । बजारमा सिमेन्टको पुर्ण खपत हुन्थ्यो । तर अहिले बजारमा सिमेन्ट उद्योगमा प्रतिष्पर्धा छ । प्रायः सबै उद्योगले पुर्ण क्षमतामा उद्योग सञ्चालन गर्न सकेका छैनन् ।
तर त्यसमा पनि बन्धन सिमेन्ट सबैभन्दा अगाडी छ । किनकी पुर्वकै सबैभन्दा ठूलो यो सिमेन्ट उद्योगले गुणस्तरीयतामा कुनै सम्झौता नगर्ने सञ्चालक हरिवंश राठीले जानकारी दिएका छन् ।
अत्याधुनिक प्लान्टबाट उत्पादिन बन्धन सिमेन्ट गुणस्तरमा सम्झौता नगर्ने ब्राण्डका रुपमा पनि चिनिन्छ । नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिको उत्पादन रहेको यो सिमेन्टले छोटो समयमै लोकप्रियता हाँसिल गरेको छ ।
गुणस्तरीय सिमेन्टको मागलाई हेरेर बन्धन सिमेन्ट उत्पादन सुरु गरेको राठीले जानकारी दिएका छन् । उनले एक अन्तर्वार्ताका क्रममा भनेको भनाई जस्ताको तस्तै ः
हामीले यो उद्योग स्थापना गरिरहँदा बजारमा अभाव नै थियो । सिमेन्टको गुणस्तर र सिमेन्टको भाउ पनि निक्कै राम्रो थियो । सबै उद्योगीहरुले आफ्नो उद्योगहरु पुर्ण क्षमतामा सञ्चालन गरेका थिए । तर त्यसमा पनि हामीले थप केही सुविधा दिन सक्छौं, गुणस्तरीयता अनि वितरणमा हामी केही नयाँ गर्न सक्छौं भन्ने सोचेर उद्योग सुरु गर्यौं ।
पूर्वाञ्चलमा हेर्ने हो भने हाम्रो बन्धन सिमेन्टको उद्योग सबैभन्दा ठूलो उद्योग हो । ठूलो भईसके पछि गुणस्तरलाई मुख्य ध्यान दिइएको छ । ल्याबहरु राखेका छौं । त्यसैले अरु भन्दा हाम्रो बन्धन सिमेन्ट गुणस्तरीय छ । यस्तै हामीले वितरण र बजारमा समेत सरल र सहज वातावरण बनाएका छौं ।
पछिल्लो समय बजारमा डिमाण्ड कम छ र सप्लाई धेरै छ । त्यसले गर्दा मूल्यदर पनि न्यून छ । भएका उद्योगहरु पनि पूर्ण रुपमा सञ्चालनमा छैनन् । तर सधैँ यस्तो अवस्था नरहने आशा छ । सरकारको केही नयाँ नीति आयो भने वा जग्गा कित्ताकाँट सुरु भएर घरहरु बन्न थाल्यो भने सिमेन्टको व्यापार राम्रो हुनेछ । सरकारले खर्च बढायो भने पनि र विकास निर्माण बढी हुन थाल्यो भने पनि सिमेन्ट उद्योगहरु सहज सञ्चालन हुन सक्नेछन् ।
वास्तवमा सरकारले बजेट विनियोजन गर्ने क्रममा धेरै आश्वासन दिएको पाइन्छ । तर त्यो कार्यान्वयन हुन नसक्दा बजेट फ्रिज हुन्छ । सरकारको विकास निर्माण कार्य सुस्त हुँदा पनि सामाग्रीको खपत कम हुने भएकोले उद्योगहरु पूर्ण रुपमा सञ्चालन हुन सक्दैनन् । जसको असर सिमेन्ट उद्योग जस्तै निर्माणसम्बन्धि सामाग्री उत्पादन गर्ने उद्योगमा देखिन्छ ।
सिमेन्ट उद्योगहरुको विकासको लागि सरकारले लगानी बढाउनुपर्छ । ठूला घर, पुलहरु बनाउन आवश्यक छ । जसले सिमेन्टको खपत बढाउँछ भने जनताको विकासको चाहनालाईसमेत सम्बोधन गर्छ ।
बजारको अवस्थाका साथै उद्योगलाई सफलतापूर्वक सञ्चालन गर्न हामी आफै पनि जिम्मेवार छौं । जस्तै हेरौं, न उदयपुरको सरकारी लगानीको सिमेन्ट उद्योग अहिले भद्रगोल छ । व्यवस्थापन गर्ने कुरामा कमजोरी भएको कारण त्यो अवस्था उत्पन्न भएको हो । उत्पादन र बजारीकरणमा समस्या भयो । बजारको बिक्री दरलाई करेक्सन गरिएन र मेरो सिमेन्ट मेरै भाउ भनेर मूल्य तोकियो भने पनि यस्तो समस्या सिर्जना हुनसक्छ ।
यस क्षेत्रका उद्योगहरुलाई सरकारले समेत प्रोत्साहन गर्नुपर्छ । त्यसको लागि पहिलो त सिमेन्टको क्वालिटी बढाउनुपर्छ । किनकी क्वालिटी मुख्य कुरा हो । त्यसैले पहिलो त सरकारी परियोजनामा उपयोग होस् भन्नका लागि एन एस गुणस्तर चिन्ह पाउने गरी स्तरीय उत्पादनमा पनि उद्योगीहरुले ध्यान दिनुपर्छ ।
जहाँसम्म सरकारको कुरा छ, प्रदेश सरकारले आफ्नै वरिपरीका परियोजनाहरुमा यहीँको उत्पादनलाई प्राथमिकता दिएकै पाइन्छ ।
जस्तै भारतीय सरकारको लगानी रहेको अरुण तेस्रो परियोजनामा पनि बन्धन सिमेन्टलाई प्रयोग गरिएको छ । बन्धन सिमेन्टको गुणस्तर धेरै राम्रो छ भन्ने प्रतिक्रिया प्राप्त भएको छ । त्यसैगरि पहाडी क्षेत्रमा सञ्चालन भइरहेका अरु परियोजनाहरुमा पनि बन्धन सिमेन्टको प्रयोग भइरहेको छ ।
त्यसैले बन्धन सिमेन्ट गुणस्तरी छ । गुणस्तरपछि मुख्य कुरा सप्लाई हो । पूर्वाञ्चलको सेन्टर विराटनगरमा बसेका छौं । जुनसुकै समयमा सप्लाई गरिरहेका हुन्छौं । त्यसैले यस क्षेत्रका जति पनि ग्राहकहरु हुनुहुन्छ, वहाँहरुलाई हाम्रो सिमेन्ट खरीद गर्न अनुरोध गर्छु । सहज रुपमा, नजिकको दुरी र कम भाडादरमा सिमेन्ट उपभोग गर्नका लागि बन्धन सिमेन्ट उपयुक्त हुन्छ ।
त्यसैले ग्राहकहरुलाई यही भन्न चाहन्छौं कि, ‘सिमेन्ट होस् त बन्धन जस्तो ।’
यदी सिमेन्ट प्रयोग गर्नु छ भने गुणस्तरयुक्त भएको बन्धन सिमेन्ट नै रोजौं । धेरै उत्कृष्ट प्रविधि र दक्ष कर्मचारीबाट ल्याबलाई सञ्चालन गरेर राम्रो सिमेन्ट उत्पादन गरिने भएकाले बन्धन सिमेन्ट कै प्रयोग गर्नुस् ।