इटहरी: इटहरी २ यातायात कार्यालय अगाडी बुधबार बिहान भएको बस दुर्घटनामा ८ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
काठमाण्डौबाट खादबारी तर्फ जादै गरेको बा ४ ख ५७८९ न। को बस अनियन्त्रित भई कोशी राजमार्गमा पल्टिदा दुर्घटना भएको हो ।

घटनामा संखुवासभा चौवाबेसी गापा २ बस्ने रबि सेन्चुरी र खादबारी ९ बस्ने पुर्ण बहादुर कुमाल गम्भिर घाईते भएका छन् ।

संखुवासबाकै मकालु गापा ६ बस्ने जगदिश राई, तेह्रथुम आमफुङ गापा ८ बस्ने थमन लिम्बु, धरान १० बस्ने बिनिता सुब्बा ,खादबारी नपा ६ बस्ने सुरज राई र धरान १० बस्ने बिष्णु लिम्बु सामान्य घाईते छन् ।

घाईतेहरुको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भैरहेको छ भने बस चालक बुढीगंगा गाउपालिका ४ का नारायण कटुवालको बिराट नर्सीङहोममा उपचार भैरहेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।