इटहरी: यतिबेला एउटा भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । खोलाको किनारमा एक नेपाल शसस्त्र प्रहरीको जस्तो पोसाक लगाएका एक जवानले दुई जना ब्यक्तिलाई मरणासन्न हुने गरी कुटेको भिडियो भाईरल भईरहेको हो ।
उक्त भिडियोको घटना कुन ठायँमा भउको हो भन्ने थाहा नभएपनि कोरोना भाईरसको बेला नेपाललाई लकडाउन गरिहेको बेला ति दुई युवक कुनै नाका वा एक जिल्लाबाट अर्काे जिल्ला जानका लागि मुख्य बाटो भन्दा फरक चोरी बाटो अथवा खोलैखोलाको बगर प्रयोग गरी खाद्यान्न ओसारपसार गरिरहेको देखिन्छ । उक्त भिडियोमा दुई ब्यक्तिले चामलको दुई बोरा मोटरसाइकलमा ल्याइएको प्रष्ट देख्न सकिन्छ ।
त्यहाँ ति ब्यक्ति आए लगत्तै शसस्त्र प्रहरीका जवान ति ब्यक्ति भएतिर एउटा लाठि बोकेर जान्छन् । हरियो टिर्सट लगाउने एक ब्यक्तिलाई लाठि भाचिँने गरी हान्छन् । फेरी दुई ब्यक्तिलाई घुडाँ टेकाउन लगाई अर्काै दोश्रो ब्यक्तिबाट अर्काे लाठि मागि पालैपालो पछाडी हान्छन् ।
भिडियो बिचमा तिन ब्यक्ति, एक जना रातो कपडा र मुखमा मास्क लगाएका अर्का एक ब्यक्ति सेतो टिसर्ट लगाएका र अर्का एक जना हरियो टिसर्ट लगाएका ब्यक्ति भिडियो हेर्दै केही नबोली बस्छन् । प्रहरीका जवान लाठिले हान्दाहान्दा गलेर ति दुई ब्यक्तिलाइ हातले कान समातेर कुहिना र घुडाँले घस्रिन लगाउँछन् ।
यो भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि धेरैले प्रहरी जवानको धेरैले सर्वत्र आलोचना गरेका छन् ।
यो भिडियो हामीले एक भण्डारी थर गरेका युवाको फेसबुक वालबाट लिएका हौं ।

यो हेर्नुहोस् भिडियो: