दिक्तेल: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लकडाउनको समयमा खोलाबाट ढुङ्गा निकासी हुने गरेको फेला परेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको लकडाउनको बेला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा १ र ८ को बीचमा पर्ने मेवाखोलाबाट ढुङ्गा निकासी गरेको पाईएको हो ।
चैत्र २२ गते सोही ठाउँका चक्रप्रसाद रिजाल र पर्वत आचार्यले खोलाबाट दुई सय ट्याक्टर भन्दा बढि ढुङ्गा निकासी गरि बिक्री गरेको भन्दै स्थानीय युवाले प्रहरीलाई खवर गरेपछि ढुंगा निकासी भइरहेको खुलेको हो ।
लकडाउनको उलघंन गरी ढुङ्गा निकासी भइरहेको खवर आएपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट सईको नेतृत्वमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए ।
स्थानीय तहलाई जानकारी नै नदिई खोलाबाट ढुङ्गा उत्खनन् भईरहेको जानकारी पाएपछि त्यस खोलामा चैत्र २१ गते ३ बजे प्रहरी नपुग्दै, प्रहरी आएको थाहा पाएर अगाडी नै ढुङ्गा बोक्ने ट्याक्टर चालक भागेका थिए । पछि ट्याक्टर नम्बर टिपेर खोजतलासी गरी सम्बन्धित गाडी धनीलाई आइन्दा लकडाउनको अबस्थामा यस्तो कार्य नगर्न चेतावनी दिएको डिएसपी गौतमले जानकारी दिए ।

यता यस विषयमा ढुङ्गा निकासी गरिएको आरोपित ब्यक्ति पर्वत आचार्य समक्ष बुझ्दा उनले लकडाउनको उलघंन गर्दै, गैरजिम्मेवमरी तरीकाले प्रतिक्रिया दिएका छन् । उनले भने अरु ठाउँमा थाहा छैन तर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बिहान ६ बजे देखि ९ बजे सम्म लकडाउन खोल्ने निर्णय भएकाले उक्त दुङ्गा सडक आयोजनामा बिहानको समयमा सडक निमार्णमा ल्याइएको बताए ।
आचार्यले त्यो ढुङ्गा खोलाको नभई आफ्नो बारीको भित्ताको भएको र ढ्ङ्गा फोड्दा खोलाको किनारमा झरेको बताए । यता प्रहरीले २१ गते दिउँसो ३ बजे भन्नु र आचार्यले बिहान ढ्ङ्गा निकालिएको भन्नु आफैंमा आचार्य कतै चुकेका त हैनन् ? भन्ने प्रश्न खडा भएको छ ।
आचार्यले बिक्रीका लागि ढुंगा निकासी नगरेको दाबी गर्दै चक्रप्रसाद रिजालको घरदेखि रघुनाथ रिजालको घर हुँदै दोर्पाको दुम्ली जाने सडक स्तरोन्नतिको काममा उपयोग गर्ने गरी ढुङ्गा ल्याएको बताए ।
लकडाउन भन्दा अगाडि ढुंगा फोडिएको थियो,’ सोही सडक स्तरोन्नती उपभोक्ता समितिका सचिव रहेका आचार्यले भने, ‘अहिले विहान बेलुका ढुङ्गा ल्याएको मात्र हो । कसैलाई विक्री वितरण गर्न ल्याएको होइन ।
यसै विषयमा जानकारीका लागि वडा नम्बर १ का वडाध्यक्ष टंकप्रसाद आचार्यले भने यो कुरा अहिले सम्म मलाई थाहा नभएको भन्दै वडा कार्यालयलाई कुनै जानकारी भएको प्रतिक्रिया दिए ।

यता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजाललाई यस विषयमा बुझ्दा आफुंलाई कुनै जानकारी नभएको बताए । उनले भने नगरपालिकाका प्राविधिकहरुलाई स्थलगत अनुगमन गर्न पठाउने र सडक स्तरउन्नत्तिको काम बाहेक अन्य प्रयोजनमा लगिएको रहेछ भने तत्काल कार्बाहिको दायरामा ल्याउने बताए ।

 

diktel 2 diktel 3 diktel 4