रामधुनी : सुनसरीको रामधुनी नगरपालिकालाई बिभिन्न ब्यक्ति, संघसंस्था र राजनीतिक दलको सहयोगबाट २० हजार ३०० किलो चामलसहित अन्य राहत सामग्री प्राप्त भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित जनताको राहतका लागि भन्दै बिभिन्न संघसंस्थाबाट नगरपालिकालाई उक्त सहयोग प्राप्त भएको हो ।
जसमा चामलसहित ५९० किलो दाल, २९० लिटर खाने तेल, ४४० किलो नुन्, २५० ओटा साबुन्, ७ हजार ३०० ओटा अण्डा प्राप्त भएको छ । त्यस्तै १०० किलो न्युट्रोला, १० किलो भुजा र ६० किलो चिउरा प्राप्त भएको रामधुनी कोरोना रोकथाम तथा नियन्त्रण ब्यबस्थापन समितिका संयोजक डेगराज फुयालले जानकारी दिए ।
कारोनाविरुद्ध लड्न हालसम्म सहयोगगर्ने सम्पूर्ण ब्यक्ति र संघ संस्थालाई नगरपालिकाले धन्यवादसमेत दिएको छ । संकटको घडीमा स्थानीय सरकारलाई सहयोग गरेको भन्दै समितिका संयोजक फुयालले भने, ‘रामधुनी नगरपालिकालाई हालसम्म सहयोगगर्ने सबैलाई धन्यवाद भन्नुपर्छ । विश्भरी नै महामारी फैलिएको बेला हामी लकडाउँनमा छौँ । हाम्रा नगरवासी विपन्न जनता समस्यामा छन् । ती विपन्न जनतालाई राहतका लागि हालसम्म सहयोगगर्ने सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु । आगामि दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेका छौँ । तपाईँ सहयोगी मनहरुले दिनुभएको राहत सामग्रीलाई हामी विपन्न परिवारको राहतमा खर्चने प्रतिवद्धतासमेत ब्यक्ति गर्दछु ।’