इटहरीः वीरगञ्जमा कोरोना पोजेटिभ भेटिएका तीनजना भारतीय नागरिकहरू सबै भन्दा बढी समय सुनसरीमा बसेको तथ्य भेटिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो सार्वजनिक गरेको उनीहरूको ‘ट्राभल हिस्ट्री’ हेर्दा सुनसरीको दुहबी र इनरुवाका ४ वटा जामे मस्जिदमा २३ दिन बसेको खुलासा भएको छ ।
२३ दिनसम्म बस्दा उनिहरु सुनसरी अन्य स्थानमा पनि घुम्न गएको बुझिएको छ । मस्जिदसंगै उनिहरु वरपरका टोलहरुमा पनि बेला बेला निस्कने गरेका थिए । पर्सा जिल्ला प्रशासनले मंगलवार सार्वजनिक गरेको उनिहरुको ‘ट्राभल हिस्ट्री’मा सबैभन्दा बढी समय सुनसरीमा बिताएको उल्लेख गरिएको छ । ‘ट्राभल हिस्ट्री’ सार्वजनिकसंगै सुनसरी प्रशासनलाई २३ दिन बस्दा उनिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य टाउको दुखाईको बिषय बनेको छ ।
सुनसरी प्रशासन स्रोतका अनुसार हिजोबाटै उनिहरुले २३ दिन बिताएका दुहबी र इनरुवाका जामे मस्जिद पत्ता लगाउने काममा प्रहरी जुटिसकेको छ । साथै उनिहरुको सम्पर्कमा को को आए र उनिहरु सुनसरीका अन्य कुन कुन स्थानमा गए ? भन्ने कुराको समेत खोजीमा यतिबेला सुनसरी प्रहरी जुटेको छ ।
उनिहरुको ‘ट्राभल हिस्ट्री’ सार्वजनिक भएसंगै उनिहरु बसेको जामे मस्जिद वरपरका स्थानीयहरुमा त्रास सृजना भएको छ । तीन कोरोना संक्रमित ३ भारतीय सहित १४ जनाको टोली २०१९ डिसेम्बर १७ दिल्ली हुँदै विराटनगर (जोगवनी) ट्रेन मार्फत आएको देखिन्छ ।

press meet prasasan
यो टोली डिसेम्बर १८ देखि १९ तारिक विराटनगरको रानी मस्जिदमा बसेका थिए । त्यसपछि २० देखि ३० तारिकमा उनीहरूको सुनसरीको दुहबीस्थित जामे मस्जिदमा १० दिन बिताएको देखिन्छ । त्यसपछि २०२० जनवरी १ देखि फेब्रुअरी १३ तारिकसम्म उनीहरू इनरुवाको ३–४ वटा मस्जिदमा बसेको ट्राभल हिस्ट्री देखिन्छ ।
फेब्रुअरी १४ तारिकदेखि १८ सम्म उनीहरू सप्तरीको इस्तिमामा सहभागी भए । फेब्रुअरी २० देखि मार्च १९ वीरगञ्जको सुनौलीस्थित मस्जिदमा बसेका थिए । २० मार्चमा उनीहरू वीरगञ्ज महानगरपालिका १ को बजार मस्जिदमा गएको देखिन्छ । मार्चकै २१ देखि २६ वीरगञ्ज १ को छपकैयाको मस्जिदमा बसेका थिए ।
मार्च २६ देखि अप्रिल १० तारिकसम्म वीरगञ्ज २ को मक्की जामे मस्जिदमा बसेको देखिन्छ । त्यसको भोलि पल्ट अर्थात् ११ तारिकमा तीनजना नारायणी अस्पतालको आइसोलेसन वार्डमा सबेको देखिन्छ ।
भारत दिल्लीका ४५ वर्षीय, भारत उत्तर प्रदेशका ५५ वर्षीय र भारत दिल्लीकै ३७ वर्षका उनीहरूमा कोरोना भाइरस (कोभिड(१९) सङ्क्रमण भएको पुष्टि भएसँगै उनीहरूको ‘ट्राभल हिस्ट्री’ सँग जोडिएका जिल्ला र स्थानमा सुरक्षा सतर्कता बढाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले सुनसरीको दुहबीको जामे मस्जिदको नाम खुलाएको छ भने इनरुवामा उनीहरू बसेको स्थान भने खुलाउन नसक्दा अन्योल पैदा भएको छ । चैत्र ३० गते उनीहरूको रिर्पाेट आउन साथ जिल्ला प्रशासन कार्यालय सुनसरीलाई मौखिक रूपमा जानकारी दिइएको थियो । त्यसको दुई दिन पछि पर्सा प्रशासनले विज्ञप्ति जारी गदै उनीहरू बसेको स्थानको ट्राभल हिस्ट्री सार्वजनिक गरेको हो ।

यस विषयमा प्रदेशपोर्टल डटकमले यस अघि बैशाख १ गते वीरगञ्जमा फेला परेका तीन भारतीय कोरोना संक्रमितको यस्तो छ ,विराटनगर दुहबी,  र इनरुवा कनेक्सन भन्ने सम्बन्धमा समाचार प्रकाशित गरेको थियो ।

यो पनि पढ्नु होस् 

https://www.pradeshportal.com/news/8205