इटहरी: प्रहरी प्रधान कार्यालय नक्सालले २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको छ ।
हिजो (बुधबार) बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
डीएसपीबाट एसपीमा बढुवा हुनेहरुमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद विष्ट, राकेश सिँह, राजिब बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिँह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजज सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रबिण धताल, दयानिधि धिताल र राजेन्द्रप्रसाद धमला रहेका छन्।
बढुवा हुने मध्ये शिबकुमार श्रेष्ठ लामो समय इलाका प्रहरी कार्यालय इटहरीमा केही महिना अगाडी सम्म कार्यारत थिए । यस्तै प्रदेश एकबाट बढुवा हुनेमा बामदेव गौतम खोटाङमा कार्यारत डिएपी हुन् भने ज्ञानेन्द्र प्रसाद फुयाँल ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा कार्यारत डिएपी हुन् ।