रामधुनी : नेपाल कम्युनिष्ट पार्टी नेकपा) रामधुनी नगर कमिटीले राहत लागि रामधुनी नगरपालिकालाई १२ हजार किलो चामल सहयोग गरेको छ ।
लकडाउँनबाट उत्पन्न बिषम परिस्थितिले श्रमजीवी र विपन्न परिवारका जनता समस्यामा परेको भन्दै नेकपा रामधुनीले उक्त सहयोग गरेको हो ।
बिहिवार नगर प्रमुख जयप्रकाश चौधरीलाई राहत चामल हस्तान्तरण गरेको नेकपा रामधुनीका अध्यक्ष राम कोइरालाले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९ं) बाट उत्पन्न परिस्थितिले श्रमजीवी जनतालाई छाकटार्नै समस्या भएकाले त्यस्ता जनताको दैनिकी सहज बनाउँन पनि नेकपाले स्थानीय सरकारसमक्ष माग गरेको छ ।
आफुहरुले श्रमजीवी जनताको राहतका लागि सहयोग पुगोस भनेर नै चामल हस्तान्तरण गरेको पनि अध्यक्ष कोइरालाको भनाई छ ।