इटहरी: इटहरी भित्रका बिभिन्न बैंक तथा बित्तीय संस्था कुन बार कुन खोल्ने भन्ने बारे इटहरी उपमहानगरपालिकाले तालिका बनाएर बन्द खुल्ला गर्ने निणर्य गरेको छ ।

पालिकाले एक सुचना निकाल्दै कोरोना भाईरसका कारण दिनदिनै संक्रमितको संख्या बढ्दै गएको तथा अबका दिनमा अझ सतर्कता अपनाउने पर्ने भन्दै यस्तो नियम निकाले हो ।

करिब २ महिना देखि बन्द रहेका बैकं तथा आर्थिक कारोबार गर्ने बित्तिय संस्थाहरुमा मानिसहरुको भिडभाड हुने भएकाले साबधानी अपनाएर कारोबार गर्न समेत पालिकाले अनुरोध गरेको छ ।

बैंक बिहान १० बजे देखि दिउँसो १ बजे सम्म खुल्ला रहनेछन् ।

Bank Opening Notice