बराहक्षेत्र : मिडिया नेपालका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का अध्यक्ष बिजय कुमार राउतले ५ हजार ५ सय आर्थिक सहयोग प्रदान गरेका छन् । उनले बुधबार आफ्नो जन्मदिनको अवसर पारेर उदयपुरको बेलका नगरपालिका ३ कालिखोलामा रहेको जिर्णधार राधा कृष्ण मन्दिर ब्यबस्थापनमा उक्त रकम बराबरको चेक मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सुमन सागर खतिवडालाई हस्तान्तरण गरेका हुन्।
चेक ग्रहण गर्दै समितिका अध्यक्ष खतिवडाले उक्त मन्दिर ब्यबस्थापनमा अन्य थुप्रै ठाउबाट सहयोग जुट्दै गइरहेको बताए। उनका अनुसार प्राप्त रकम द्वारा मन्दिरको घेराबारा, रंगरोगनमा लगाइने छ।
बिगतका जन्मदिनमा बिरुवा रोप्ने, सामाजिक कार्य गर्न रुचाउने राउत आगामी दिनहरुमा समेत यस्तो कार्यमा अग्रसर हुँदै जाने बताउंछन्।