इटहरी: उत्पादन भएको छोटो समयमा नै रिलायल चक्र बदाम ड्रीङ्क बजारमा लोकप्रिय बन्दै गएको छ । नेपाली किसानको गोठमा उत्पादन भएको गाईको दूधलाई खपत गरी गुणस्तरीय स्वदेशी उत्पादन गर्ने उद्देश्य बनाएर रिलायबल फुड एन्ड बेभरेजले रिलायबल चक्र र किमु ब्रान्डको नाममा बदाम ड्रीङ्क उत्पादन गरिरहेको छ ।

नेपालमा एनर्जी ड्रीङ्कको मागलाई पूर्ति गर्ने उद्देश्यका साथ स्वदेशमा दिनहुँ उत्पादन हुने गाइको दूधलाई प्रयोगमा ल्याएर किसानलाई उत्पादनसँग जोड्दै स्वदेशी लगानीमा नेपालमै पहिलो पटक रिलायबल फुड एन्ड बेभरेजलले बदाम ड्रिङ्क उत्पादन गरेको हो ।

दूध र बदामको सम्मिश्रणबाट तयार हुने रिलायबल चक्र बदाम ड्रिङ्कको सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमताको विकास हुने भएकाले यसको सेवन सबै वर्गका मानिसले गर्दा हुने कम्पनीका अध्यक्ष अशोक शाहले बताए । कोरोना महामारीको बेला धेरै मानिसहरू कोभिड १९ सँग जुध्नु परेको अवस्था छ । यस्तो बेला झन् रोक प्रतिरोधात्मक क्षमता अधिकतम आवश्यक हुन्छ । यस्तो अवस्थामा बदाम ड्रिङ्क सेवन गर्नाले रोक प्रतिरोधात्मक क्षमताको वृद्धि हुने भएकाले यसको सेवन गर्नु फाइदा जनक छ ।

छोटो समयमा बेग्लै पहिचान बनाउन सफल रिलायबल चक्र बदाम ड्रिङ्कको दैनिक उपभोक्ताहरु बढ्दो क्रममा रहेको कम्पनीको दाबी छ ।