कचनकवलको बजेट ४७ करोड ६० लाख

  • श्रावण २, २०७६
  • ३१५ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

झापाः झापाको कचनकवल गाउँपालिकााले आर्थिक वर्ष २०७६÷०७७ का लागि ४७ करोड ६० लाख विनियोजित बजेट विनियोजन गरेको छ ।

बजेटमा आन्तरिक स्रोततर्फ २ करोड, नेपाल सरकारबाट प्राप्त अनुदान १२ करोड ६० लाख, राजस्व बाँडफाड ९ करोड ६२ लाख र प्रदेश सरकारबाट ५५ लाख ४५ हजार रुपैयाँको आय अनुमान गरिएको छ । यस्तै, सशर्त अनुदान १६ करोड ३४ लाख, तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत १ करोड, पूर्वाधार विकास कार्यक्रम २ करोड ५० लाख र अन्य २ करोड ९८ लाख ५५ हजारसहित ४७ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाका प्रमुख अञ्जार आलमको अध्यक्षता तथा सङ्घीय सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा बजेट सार्वजनिक गरिएको हो । कार्यक्रममा बजेट प्रस्तुत गर्दै आलमले कक्षा १२ सम्म सबै विद्यार्थीलाई निःशुल्क शिक्षाको घोषणा गरे । उनले छात्राहरूलाई क्याम्पस तहमा पनि निःशुल्क शिक्षाको व्यवस्था गरिएको जानकारी दिए ।

गाउँपालिकाका प्रमुख आलमले प्रत्येक वडाका एक एक विद्यालयमा नमूना बाल कक्षा सञ्चालन गर्ने, सबै माध्यमिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने र अङ्ग्रेजी माध्यमबाट गरिने पठनपाठनलाई प्राथमिकता प्रदान गरिने पनि घोषणा गरे । यस्तै प्राथमिक स्वास्थ्य चौकी बनियानीमा मृगौला रोगीहरूका लागि डायलासिस सेवा सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ ।

कृषि उत्पादन बढाउन खेत बाँझो नराख्ने शर्तमा किसानलाई मोटर बोरिङ, मल बीउ र औजार वितरणको व्यवस्था मिलाइने, माछापालन र अर्गानिक तरकारी खेतीमा विशेष प्रोत्साहन र अनुदानको व्यवस्था मिलाइनेजस्ता रचनात्मक अभ्यासका लागि कचनकवल अग्रसर देखिएको छ ।

प्रस्तुत बजेटमा बेरोजगार युवा लक्षित तालीम केन्द्र र स्वरोजगार कोषको स्थापना गर्ने, सीप भएका र तालीम केन्द्रमार्फत् सीप सिकेका युवालाई साना घरेलु, कुटीर उद्योग र व्यवसाय सञ्चालनका लागि अनुदान तथा ऋणको व्यवस्था मिलाउने उल्लेख छ ।

स्थानीय ३० सय जनाभन्दा बढीलाई रोजगार प्रदान गर्ने वातावरणमैत्री रोजगारमूलक उद्योग स्थापना गर्न चाहने उद्योगीलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर छुट दिने र बिजुली, बाटोलगायतका पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

स्थानीय सरकारको धज्जी उडाउँदै चिया उद्योग, नगर प्रमुख भन्छन मापदण्ड नमानेर धरै छैन

इलामः इलाम सूर्योदय नगरपालिका–१० की चिया कृषक साधना फागो भन्छिन,“आन्दोलन गरेरै समय जाने ...

विराटनगरको चर्चित व्यापारिक घराना डुब्यो ऋणमा, पैसा उठाउन बैंकले थाल्यो प्रक्रिया

इटहरीः लकडाउन पूर्ण रुपमा खुलेकै दिन राष्ट्रिय वाणिज्य बैंकले पहिलेदेखि डुबेको एउटा ऋण उठाउने प्रक्र ...

इटहरीमा सात जना बालबालिका सहित ३४ जना संक्रमित, संक्रमित संख्या ४ सय नजिक

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नगर स्रोतक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved