बिर्तामोडः पूर्वी झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७५÷२०७६ मा १० अर्ब ९ करोेड ९५ लाख, ५७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो रकम लक्ष्यको ८५ दशमलव ४० प्रतिशत मात्र हो ।

सरकारले मेची भन्सारलाई आर्थिक वर्ष ०७५÷०७६ मा ११ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । यसलाई हेर्दा मेची भन्सारले यस आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा नगरेको देखिएको छ ।

भन्सार कार्यालयबाट नियमित आयात हुने कोइला, क्लिङ्कर र इन्धनको आयात घटेकाले राजस्व सङ्कलन लक्ष्य अनुसार हुन नसकेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए । गत वर्षको तुलनामा राजस्व बढी सङ्कलन भए पनि लक्ष्य पूरा भएको छैन ।

सरकारले मेची भन्सारलाई आर्थिक वर्ष ०७५÷०७६ मा १२ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । तर सो आर्थिक वर्षमा राजस्वको लक्ष्य पूरा गर्न समस्या हुने भएपछि २ महिना अघि राजस्वको लक्ष्य संशोधन गरेर ११ अर्ब, ८२ करोड, ६१ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिइएको थियो । क्षमताभन्दा लक्ष्य उच्च भएकाले लक्ष्य अनुसार सङ्कलन गर्न समस्या भएको अर्यालको भनाइ छ ।

आर्थिक वर्ष २०७४÷७५ मा मेची भन्सार कार्यालयलाई ९ अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिइएको थियो । जसमा लक्ष्यभन्दा बढी १० अर्ब १८ करोड २७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको तथ्याङ्क छ । यो लक्ष्यको १ सय ११ प्रतिशत थियो ।

सो आर्थिक वर्षमा अघिल्लो आव २०७३÷७४ को तुलनामा ५६ प्रतिशतले राजस्व वृद्धि भएको थियो । संशोधनपछिको लक्ष्यलाई हेर्दा गत आवको तुलनामा १९ दशमलव ४९ प्रतिशत लक्ष्य वृद्धि गरेर मेची भन्सारलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

सरकारले भद्रपुर भन्सारलाई १५ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । भद्रपुर भन्सारले १९ करोड १८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको भद्रपुर भन्सार कार्यालयका प्रमुख फडेन्द्र खतिवडाले बताए । भद्रपुर भन्सारले लक्ष्य भन्दा २१ दशमलव ७९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

मेची भन्सारले विभागको स्थलगत तथा अनलाइन अनुगमनबाट प्राप्त निर्देशन तथा सुझावलाई कार्यान्वयन गरेको जनाएको छ । यसैगरी, बजार मूल्यलाई आधार मानेर बरामद भएका सामग्रीको मूल्याङ्कन गर्ने काम शुरु गरिएको प्रमुख अर्यालले बताए । भन्सारले हालसम्मकै सबैभन्दा धेरै मूल्यकोे सामग्री लिलाम गरेको छ ।

मेची भन्सारमा एउटा मात्र सवारी साधन चालु रहेकाले नियमित गस्ती परिचालन गर्न नसक्दा पनि राजस्व सङ्कलनमा समस्या भएको भन्सार कार्यालयले जनाएको छ ।

भारतबाट नेपालमा आयात हुँदै आएका कोइला, क्लिङ्कर र इन्धनको आयात घटेको छ । भारतमा खानी बन्द हुँदा मेघालय र असामबाट नेपाल आयात हुने पत्थर कोइला, क्लिङ्कर र इन्धनको आयात घटेको हो । राजस्व सङ्कलनमा सबैभन्दा धेरै योगदान पु¥याउँदै आएका ती वस्तुको आयात ठप्प भएकाले लक्ष्य पूरा गर्न नसकिएको भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।