भोजपुर :भोजपुर अरुण गाउँपालिका ३ प्याउली स्थित कर्णबहादुर कार्कीको घरमा आगलागी हुदाँ उनको ३ बर्षीय नातिनीको उपचारका क्रममा ज्यान गएको छ ।

आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा राति मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार विद्युत् चुहावटको कारण घरमा आगलागी हुदाँ घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।