इटहरीः नेपालीहरुको माहान चाड बडा दशैँ, तिहार र छैठ आउनै लाग्दा इलाका प्रहरी कार्यालय इटहरी र १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले छुटाछुट्टै सुरक्षा योजना बनाएका छन् । चाडबाडको समयमा अरुबेला भन्दा थप सुरक्षा चुनौति हुने र अमनचयनमा आँच आउने भएकाले प्रहरीले यो समय थप सुरक्षा मजबुद बनाउने गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) अर्जुन केसीले सादा पोसाकमा प्रहरी खटाए दिनरात सुरक्षा व्यवस्था मजबुद बनाउन लागिपरेको बताए । साथै उनले चाडबाडमा चोरीका घटना नहोस् नभनेर प्रहरी चनाखो रहेको जानकारी दिए ।

यता प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुमन कुमार तिम्सीनाले प्रदेशका १४ जिल्लामा २२३ जना ट्राफिक प्रहरी चाडबाडकै लागि भनेर परिचालन गरिएको जानकारी दिए । साथै उनले चाडबाडमा सुरक्षालाई थप चुस्तदुरुस्त पार्न २२ वटा चेक पोष्टमा ट्राफिक प्रहरी खटाइएको जाकारी बताए । उनका अनुसार चाडबाडलाई लक्षित गरेर प्रदेश १ का ३५ ठाउँमा यात्रु सहायता कक्ष पनि स्थापना गरीएको छ ।

epraka

‘हामीले योसँगै प्रदेश १ मा प्रवेश गर्ने मुख्य नाका त्यो भारतीय नाका होस् या अन्य प्रदेशसँगको नाका त्यहाँ पनि ४ वटा चेक पोइन्ट राखेका छौँ । अहिले हामी प्रदेशमा प्रत्येक दिन ५४ ठाउँका चेक पोइन्टबाट आफ्नो सुरक्षा सेवा प्रदान गरिरहेका छौँ’, उनले भने । साथै उनले लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक यातायातमा पनि निगरानी बढाइएको जानकारी दिए ।