इटहरीः तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो क्षेत्रका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बापतको रकम घर घरमा पुगेर उपलब्ध गराउन थालेको छ ।

जनप्रतिनिधि भत्ता रकम बोकेर घरदैलोमै आउन थालेपछि ज्येष्ठ नागरिकलाई सरकारको उपस्थितिको अनुभूति हुन थालेको छ । गाउँपालिकाले कोरोना संक्रमणका कारण जोखिममा रहेका ज्येष्ठ नागरिकलाई बैँकबाट भत्ता बुझ्नुपर्ने झन्झटबाट मुक्ति दिँदै वडाध्यक्ष र वडा सचिवको उपस्थितिमा घरमै भत्ता रकम वितरण गर्न थालेको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

जनप्रतिनिधिले घरमै भत्ता उपलब्ध गराएपछि ज्येष्ठ नागरिकहरुले स्थानीय सरकारको कामको प्रशंसा गरेको अध्यक्ष तिगेलाको भनाइ छ ।