इटहरीः सुनसरी र मोरङका सीमावर्ति क्षेत्रमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायबमहानिरीक्षक (डीआईजी) इश्वरबाबु कार्कीले स्थलगत निरीक्षण गरेका छन् ।
हिजो भएको आकस्मिक निरीक्षण भ्रमणका क्रममा कार्कीले सीमावर्ति क्षेत्रका प्रहरी युनिट तथा नेपाली भूमिको वास्तविक स्थितिको नजिकबाट अवलोकन गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले बताएको छ ।
निरीक्षणपश्चात् मातहतका प्रहरी युनिटमा तैनाथ प्रहरी कर्मचारीलाई निर्देशन दिँदै नायबमहानिरीक्षक कार्कीले सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनबाट सीमावर्ति क्षेत्रमा हुने तस्करी तथा लागूपदार्थको कारोबारजस्ता आपराधिक गतिविधि नियन्त्रणमा सक्रिय भूमिका खेल्न आग्रह गरे ।