इटहरीः तेह्रथुमको आठराई ५ स्थित होडामा एक जना सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ घर भएका २६ वर्षीय राजन बराइली रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । प्रहरीका अनुसार आफ्नै घर अगाडि बिजुलीको पोलमा रहेको ट्रान्सफर्मरमा तार जोड्न खोज्दा करेन्ट लागेपछि बराइली अचेत भएकोमा उपचारार्थ अस्पताल लैजाने क्रममा राति करिब ७ः४५ बजे उनको ज्यान गएको हो ।
सैनिक जवान बराइली सिरहास्थित शेर गणमा कार्यरत रहेको प्रहरीको भनाइ छ ।