इटहरीः पाँचथरको फिदिम नगरपालिका लुङरुपाबाट सशस्त्र प्रहरी बलको टोलीले ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ ।

पाँचथरका सशस्त्र प्रहरी नायबउपरीक्षक (डीएसपी) किशोरकुमार श्रेष्ठका अनुसार मकैबारी ठूलो डोढ सामुदायिक वनबाट बान्टे कटुसको १७ सय नौ फिट चिरानी काठ बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प राँकेबाट खटिएको गस्ती टोलीले काठ बरामद गरेको उनको भनाइ छ ।

कटानी चिरानी पुर्जा जारी नगराई काटिएका ३० लाख ७७ हजार ८०० रुपैयाँ बराबरको बान्टे कटुसको काठ नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सदरमुकाम फिदिमस्थित डिभिजन वन कार्यालयमा पठाइएको नायबउपरीक्षक श्रेष्ठले जानकारी दिए ।