इटहरीः इटहरीमा शान्ती सुरक्षालाई थप चुस्तदुरुस्त पार्न २ वर्ष अगाडि सि.सि क्यामेरा जडान भए । प्रदेश सरकारको समन्वयमा प्रदेश प्रहरी, इटहरी उपमहानगरपालिका र उद्योग बाणिज्य संघ इटहरीले २५ वटा सि.सि क्यामेरा जडान गरेका थिए । अहिले ति मध्ये १२ वटा मात्रै सञ्चालनमा रहेका छन् । १३ वटाले कामै गरेका छैनन् । सिसि क्यामेराले इटहरीको शान्ति शुरक्षामा धेरै नै प्रभाव परेको थियो । सिसि क्यामेरा कै सहयोगमा इलाका प्रहरी कार्यालय इटहरीले सामान्य देखि जघन्य अपराधसम्मका गतिविधिमा संलग्नलाई पक्राउ गर्न पनि सक्षमा भएको थियो ।

केहि दिन अघि मात्रै इलाका प्रहरीले सिसि क्यामेराको सहयोगमा नै १६ वटा इ–रिक्सा (सिटि सफारी)को चोरि भएका व्याट्रि र चोरीमा संलग्नलाई पक्राउ गरेको थियो । शान्ति सुरक्षालाई थप मजबुद बनाउन जडान गरिएका सिसि क्यामेराले काम नगर्दा देखाउन कै लागि मात्रै सिसि क्यामेरा जडान गरे जस्तो देखिएको छ । सिसि क्यामेरा जडान गरेर मर्मत र रेखदेख नगर्दा जिण बनेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीमा २५ वटै सिसि क्यामेराको कन्ट्रोलमा रहेको छ । तर त्यहाँ १२ वटा मात्रै सञ्चालनमा रहेको हामीले पाएका छौँ ।

CCTV 3

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) अर्जुन केसीले सिसि टिभिले टेक्निकल इन्टेलि जेन्टको काम गर्ने जानकारी दिए । उनले सिसि टिभिले कुनै पनि अपराधिक गतिविधि हो या होइन भनेर प्रष्ट रुपमा थाहा हुने भए पनि आधा भन्दा बढी सिसि क्यामेराले काम नगर्दा प्रभाव परेको बताए ।

उद्योग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले इटहरीमा इलाका प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ र कुनाल स्टोरलाई संगै राखेर त्रिपक्षिय साम्झौतामा सिसि क्यामेरा जडान गरिएको जानकारी दिए । उनले उद्योग बाणिज्य संघले मात्रै ८ वटा क्यामेरा जडान गरेको र हाल ४ वटा मात्रै सञ्चालनमा आएको जानकारी दिए । साथै उनले बारम्बार इटहरी उपमाहानगरलाई जानकारी गराउँदा पनि चासो नदेखाएको आरोप लगाए ।

यस्तै उद्योग बाणिज्य संघकै सभापति भिम पौडेलले सिसि क्यामेरा जडान गरेको डेढ वर्षसम्म राम्रोसँग चलेको र त्यसपछि काम गर्न छोडेको बताए । उनले चाँडो भन्दा चाँडो सरोकारवालासँग छलफल गरेर क्यामेरा मर्मत गरिन जानकारी दिए ।

CCTV 2