सप्तरीः पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियामा बुधबार बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–२ बरमझियाका ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिँहले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)