इटहरीः मोरङको उर्लाबारी नगरपालिका(४ आइतबारेमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको हिजो मंगलबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा कानेपोखरी गाउँपालिका २ घर भएकी ४५ वर्षीया भिमकुमारी पुरी रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २६ प ९२६१ नम्बरको मोटरसाईकलको ठक्क्रबाट मंगलबार दिउँसो ४ः४५ बजे घाइते भएकी पुरीलाई उपचारार्थ उर्लाबारीस्थित अरनिको अस्पताल पुर्याइएकोमा साँझ ५ बजे उनको उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटना गराउने मोटरसाइकल र चालक नियन्त्रणमा रहेको र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।