झापाः एक बर्षअघिबाट बैंकिङ कसूर मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी झापा कन्काई नगरपालिका ३ का ५५ वर्षीय राजेन्द्र प्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ ।
फरक फरक व्यक्तिको जाहेरीले दर्ता भएका २ वटा बैंकिङ कसूर मुद्दामध्ये पहिलोमा उच्च अदालत बिराटनगरको ०७६ पुस १४ गतेको फैसलाले १ महिना कैद र २५ लाख रुपैयाँ तथा दोस्रो मुद्दामा सोही अदालतको ०७६ पुस २१ गतेको फैसलाले १ महिना कैद र ९० लाख रुपैयाँ जरिवाना ठहर भई उनी फरार रहेका थिए ।
फरार रहेका राजेन्द्रलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घरमै फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत झापामा उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।