इटहरीः मोरङको विराटनगर १८ स्थित भारतीय सीमावर्ति क्षेत्रबाट हिजो बुधबार एक जना भारतीय लागूऔषध कारोबारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३६ वर्षिय दयावाल तिवारी रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) जहदा भुटहाले जनाएको छ । भारतबाट अवैध रुपमा लागूऔषध ओसार्ने क्रममा पक्राउ परेका तिवारीको साथबाट कोडिन सिरफ नामक लागूऔषध ३८ बोतल, नाइट्रोजोफाम टयाब्लेट दुई सय ८३ थान, स्पामोप्रोप्लस एक सय ४१ थानलगायत विभिन्न ब्राण्डका लागूऔषध बरामद गरेको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जंगबहादुर सिंहले बताए ।
पक्राउ परेका अभियुक्त तथा बरामद गरिएका सबै लागूऔषध आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।