इटहरीः उदयपुरको त्रियुगा नगरपालिका २ स्थित खैजनपुरमा हिजो शुक्रबार साँझ एक महिलाको करेन्ट लागेर ज्यान गएको छ ।
मृत्यु हुनेमा सोही ठाउँकी ३८ वर्षीया रीता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार धान खेतमा पानी लगाउन भन्दै मोटर चलाउन गएकी बुढाथोकीलाई हिजो अपराहन्न ४ बजे करेन्ट लाग्दा बेहोस भएप्छि उपचारार्थ जिल्ला अस्पताल पठाइएकोमा साँझ ७ बजे उनको उपचारका क्रममा ज्यान गएको हो ।
करेन्ट लागेर शरीरका भित्री तथा बाहिरी अङ्ग जलेर कालो भएको अवस्थामा मृतकको शव सोही अस्पतालमा पोष्टमार्टमका लागि राखिएको दाहालको भनाइ छ ।