इटहरीः झापाको मेचीनगर नगरपालिका–६ स्थित सीमावर्ति क्षेत्रबाट एक जना भारतीय लागूऔषध कारोबारीलाई प्रहरीले हिजो शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत दार्जिलिङको खोरोबारी घर भएका २५ वर्षीय साधिक आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार हिजो अपराहन्न ३ः४५ बजे काकडभिट्टाबाट खटिएको लागूऔषध नियन्त्रण ब्युरोको टोलीद्वारा पक्राउ परेका अभियुक्त आलमका साथबाट प्रहरीले २६ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बरामद गरेको छ ।
चेकजाँचका क्रममा कालो प्लाष्टिकमा लुकाइएको अवस्थामा ब्राउनसुगर बरामद भएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ ।