इटहरीः सुनसरीको रामधुनी–२ शिवनगरस्थित भित्री सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ घर भएका मोटरसाइकल चालक २४ वर्षीय निमेश चौधरी र पछाडि सवार २३ वर्षीय जीवन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार राति करिब ८ः३० बजे को२६प ५६५१ नम्बरको मोटरसाइकल सडकछेउमा रोकी राखेको को२त ९८७६ नम्बरको ट्र्याक्टरसँग ठोक्किँदा गम्भीर घाइते भएका चौधरीद्वयलाई उपचारार्थ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारका क्रममा उनीहरुको राति १०ः३० बजे ज्यान गएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।