पथरीः मोरङको पथरीमा लामो समयदेखी ओम साई अटो टेर्डस नामक व्यावसाय गर्र्दै आएका व्यावसायी शम्भु बुढाथोकी पक्राउ परेका छन् ।
बुढाथोकीले मंगलवार कानेपोखरी-७ स्थित लोकमार्गबाट वन्य जन्तु चित्तलाई आफ्नो गाडीमा राखेर पथरी तर्फ हुइकिदै गर्दा कानेपोखरी र पथरीशनिश्चरेको सिमाना स्थित मोरङगी खोलाको पुलमा पक्राउ परेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय पथरीका डिएस्पी दिलिप कुमार गिरीका अनुसार-“मंगलवार अन्दाजी दिनको १२ः४० बजेको समयमा प्राप्त सुचनाका आधारमा निज बुढाथोकीले चलाएको प्रदेश १-०२००२ च ३७०० नं. को कालो महेन्द्रा ९जिप० गाडीमा राखेर ल्याउदै गरेको खबर प्राप्त भएपछि उनी सहित गाडीलाई नियन्त्रणमा लिइएको होे ।”
आवश्यक कानुनी कार्वाहीका लागि कानेपोखरी सव-डिभिजन वन कार्यालय कानेपोखरीलाई जिम्मा लगाएको गिरीले बताए ।
पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ भने बुढाथोकीलाई आवश्यक पुर्पक्षका लागि सब डिभिजन बन कार्यालय बेलवारीमा राखिएको बताईएको छ ।
३ वर्ष उमेर अनुमान गरिएको चित्तलको तौल करिब ४० केजी जति भएको सब डिभिजन वन कार्यालय कानेपोखरीका अधिकृत तुलसीलाल यादवले बताए ।
मृत चित्तलको बुधवार पोष्टर्माटम गरेपछि थप कुराहरु बाहीर आउने यादवले बताए ।
बुधवार आवश्यक कागजात पुरा गरी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाइने र बुढाथोकीलाई वन्यजन्तु चोरी सिकारी अन्तर्गत मुद्धा चल्ने यादवको भनाइ छ ।
तर बुढाथोकी पक्राउ परे लगतै उनलाई छुटाउन र नियन्त्रणमा नलिन स्थानिय स्तर देखी प्रदेश स्तर सम्मका जनप्रतिनिधि र पार्टीका नेताहरुको फोन आउन थालेको यालवले बताए ।कानुनी प्रकृया अनुसार कार्वाहीका लागि आफ्नो तर्फबाट कुनैपनि कसुर बाँकी नराख्ने यादवले बताए । बुढाथोकीको बारेमा यस प्रकारका अन्य कुराहरु सुन्नमा आएको र त्यसको पनि अनुसन्धान गरिने यादवले बताए ।