इटहरीः मोरङको पथरिशनिश्चरेमा हिजो शुक्रबार साँझ बिजुली जडानका क्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सुनसरीको रामधुनी–८ घर भएका ४५ वर्षीय सुवरलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । स्थानीय राजनारायण चौधरीको घरमा बिजुलीको काम गर्न आएका चौधरीलाई हिजो साँझ ६ बजे अचानक करेन्ट लागेपछि उपचारार्थ पथरीस्थित मोरङ अस्पताल लगिएकोमा अस्पताल पुर्याइएको आधा घण्टापछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।