इटहरीः झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित पूर्वपश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको अर्जुनधारा ५ घर भएका २७ वर्षीय साइकलयात्री मनोज कार्की रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेको मे १ च ४७६७ नम्बरको स्कर्पियोले ठक्कर दिँदा गम्भीर घाइते भएका कार्कीलाई उपचारार्थ बिर्तामोडस्थित बिर्ता सीटी अस्पताल पठाइएकोमा उपचारका क्रममा उनको राति करिब ९ः१५ बजे ज्यान गएको हो ।
दुर्घटना गराउने स्कर्पियो चालकसहित प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।