इटहरीः मोरङको विराटनगरस्थित सीमावर्ति क्षेत्रबाट हिजो शनिबार एक बालक अवैध लागूऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको बराह्क्षेत्र नगरपालिका २ घर भई हाल मोरङको विराटचोक बस्ने १४ वर्षीय डम्बरबहादुर कुमर रहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए ।
उनका अनुसार कार्यालयबाट खटिएको टोलीले चेक जाँचका क्रममा बालकका साथबाट अवैध लागूऔषध एभिल– सात एम्पुल, लुपिजेसिक–६ एम्पुल, फेनारगन–६ एम्पुल र डाइजेपाम–६ एम्पुल बरामद गरेको छ । प्रहरी निरीक्षक थापाले बालकलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको बताएका छन् ।