इटहरीः मोरङको सुनवर्षी नगरपालिका ८ बाट प्रहरीले सीमावर्ति भारतीय बजारबाट अवैध रुपमा तस्करी गरी भित्र्याइएका पटाका बरामद गरेको छ ।
प्रहरीको गस्ति टोलीले सात बण्डल तीन सय ५० प्याकेट किङ पटका र तीन बण्डल एक सय ५० प्याकेट टर्की पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।
तिहारका समयमा सीमावर्ति बजारबाट अवैध रुपमा पटाका पैठारी गर्ने क्रम बढेको भन्दै उनले यसको नियन्त्रणका लागि प्रहरीले अभियान चलाएको बताए ।