इटहरीः मोरङको विराटनगरमहानगरपालिका ४ कञ्चनबारीबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई महिलालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ घर भएकी ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया वविता राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) कविन्द्र कार्कीले बताए । कार्यालयबाट खटिएको प्रहरी टोलीले चेक जाँचका क्रममा अभियुक्तहरुका साथबाट पाँच किलो सात सय ग्राम गाँजा बरामद गरेको प्रवक्ता कार्कीको भनाइ छ ।

उनीहरुले प्लाष्टिकका पाँच ओटा पोकामा गाँजा राखी जेब्रा झोलामा लुकाएको कार्कीले उल्लेख गरेका छन् । सुनसरीको इटहरीस्थित पकलीमा बस्दै आएका दुवै अभियुक्तहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको बताउँदै प्रहरीले अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।