इटहरीः प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापाको बिर्तामोडस्थित फुलबारी टोलबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ घर भएका ३१ वर्षीय संजय कुमार राजवंशी, २५ वर्षीय मोहन कुमार ओली, २४ वर्षीय दयालाल राजवंशी र २० वर्षीय अरुण कुमार राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्ताबजारस्थित प्रहरी चौकीबाट विषेश सूचनाका आधारमा खटिएको टोलीले अभियुक्तहरुका साथबाट पाँच ग्राम सात सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको बताउँदै प्रहरीले अभियुक्तहरु हाल इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेको उल्लेख गरेको छ । अभियुक्तहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाउने तयारी गरिएको प्रहरीको भनाइ छ ।