इनरुवाः अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयले इनरुवा ६ नम्मर वडा कार्यालयले भुमिसुधार तथा मालपोत कार्यालय इनरुवामा जग्गा बिक्रीका लागि राजश्व छली हुने गरि दिएको सिफारिसका समबन्धमा अनुसन्धान गर्न छानविन थालेको छ ।
अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयले इनरुवा ६ नम्बर वडा कार्यालयका तर्फबाट वडाअध्यक्ष सुमन थापाले गत भदौ महिनामा जग्गा खरिद बिक्रीका लागि फरक फरक खालको सिफारिस दिएको समबन्धमा अनुसन्धानका लागि छानविन थालेको हो ।
अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय इटहरी स्रोतका अनुसार मालपोत कार्यालय इनरुवामा ६ नम्बर वडा कार्यालयबाट गरिएको मुल्याङकन सिफारिसमा इनरुवा ६ मधेशा साविक (क) को १३२, १३३, र ४५७ कित्ता नम्बरको २ विगाहा ८ कठ्ठा ५ धुर जग्गा खरिद बिक्री हुदाँ मिलोमतोमा मुल्याङकन घटाएको समबन्धमा अनुसन्धान थालिएको हो ।
स्रोतका अनुसार अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट खटिएको टोलीले वडा कार्यालय, भुमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयका साथै फिल्डमा गएर जग्गाको स्थलगत अनुगमन नापजाच गरेको हो ।
मालपोत तथा नापीका ’दयगतमा जानकार विज्ञसहित अनुसन्धानका लागि छानविनमा खटिएको अख्तीयारको टोलीले केही कर्मचारी तथा जनप्रतिनिधिका साथै जग्गा बिक्री गर्ने बैकका कर्मचारीसँग आवश्यक सोधपुछ गरेको स्रोतले जनाएको छ ।
अख्तीयारको टोलीले सोही जग्गा अधिल्लो पटक सनराइज बैक लिमिटेडका नाममा लिखत पारित हुदा सोही वडा कार्यालयबाट बढी मुल्याङकनको सिफारिस लिएको कागजपत्र फेला पार्नुका साथै सोही जग्गा २०७९ भदौ १६ गते पुनः बिक्री गर्दा मुल्याङकन घटाइएको तथ्यसमेत फेला पारेको स्रोतले जनाएको छ ।
विराटनगर महानपालिका २ नम्बर वडा ठेगाना भएकी सन्तोषी आचार्यले सनराइज बैक लिमिटेड काठमाण्डौको नामबाट जग्गा रजिष्ट्रेशन गरि आफनो नाममा लिखत पारित गरेकी थिइन ।
जग्गा बिक्री गर्नका लागि बैकका कर्मचारीले वडाअध्यक्ष सुमन थापाको हस्ताक्षर रहेको वडा कार्यालयको सिफारिस कागजमा जग्गाको मुल्याङकन घटाएर प्रति कठ्ठा ४ लाख र १ लाख गरि दुई खाले सिफारिस बनाउनुका साथै एउटै कित्ता जग्गाको फरक फरक मितीमा दुई प्रकारका सिफारिस मुल्याङकन बनाएपछि भुमिसुधार तथा मालपोत कार्यालय इनरुवाका रजिष्ट्रेशन फाँटका कर्मचारीले सो मुल्याङकनलाई अस्वीकार गरिदिए पछि जग्गा खरिद बिक्री गर्ने पक्ष र वडाअध्यक्षको मिलोमतो सार्वजनिक भएको थियो ।
भुमिसुधार तथा मालपोत कार्यालय इनरुवाको रजिष्ट्रेशन फाँटले अधिल्लो पटक सोही जग्गा खरिद बिक्री हुदाँ राखिएको थैली वापतको रकम बराबर १ करोड ९३ लाखको राजश्व बुझाउन लगाएर मात्रै जग्गा रजिष्ट्रेशन गरि लिखत पारित गराएको थियो ।
स्रोतका अनुसार उक्त जग्गामा राजश्व छली गर्ने गिरोहले सो जग्गा बिक्रीका लागि २०७८ सालको चैत महिनादेखि पटक पटक प्रयास गर्दा मालपोतका कर्मचारीले मुल्याङकन घटाएको फेला पारेपछि लिखत पारित हुन नसकेको अवश्थामा ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापाको सिफारिसका आधारमा भदौ महिनामा जग्गा बिक्री भएको थियो ।