धरानः  बलात्कार जस्तो जघन्य अपराध घट्ना आर्थिक लेनदेन गरेको विषयमा महिला सञ्जालको बद्ना गरेको भन्दै आपत्ति जनाएको छ ।

शुक्रबार सञ्जालले पत्रकार सम्मेलन गर्दै धरान १७ का रविना चौधरी मृत्यु प्रकरणमा जवरजस्ती करणी मुद्दामा धरान १४ की सान्ता खड्काले आर्थिक लेनदेनमा मिलाउने प्रयास गरेकोमा आपत्ति जनाएको हो । सञ्जालकी अध्यक्ष सपना राईले सञ्जालको नाम जोडी आर्थिक लेनदेनको कुरा गरेकाले कानुनी प्रक्रियामा पनि जाने बताइन् । उनले भनिन्, ‘हामी सामुहिक रुपमा जाहेरी दिन जान्छौँ ।’

महिला सञ्जाल धरानले जारी गरेको विज्ञप्तिमा ‘जबरजस्ती करणी मुद्दा परेको मृतकका पतिको मुद्दा मिलाई दिन्छु भनेर महिला सञ्जालको नाम जोडी धरान  १४ बस्ने शान्ता खड्काले आर्थिक लेनदेन गरेको मृतकका आफन्त र छरछिमेक साथै मिडिया मार्फत आएको छ, सो प्रति हाम्रो गम्भिर आपत्ति तथा  ध्यानाकर्षण भएको  छ’ भनिएको छ । सञ्जालले रविना मृत्यु प्रकरण र आर्थिक लेनदेनमा सञ्जाल कुनै संलग्नाता नरहेको पनि स्पष्ट पारेको  छ । सञ्जालले सान्ता खड्का  सञ्जालमा  आवद्ध नरहेको पनि प्रष्ट पारेको छ ।