इटहरीः मोरङको बेलबारी नगरपालिकाका जननिवार्चित वडा  सदस्य नै बलात्कारको आरोपमा जेल चलान भएका छन् । 

बेलबारी २ का २६ वर्षीय विजय तोलाङ्गी बिहीबार पुर्पक्षको लागि  जेल चलान भएका हुन् । २४ वर्षीय एक जना स्टाप नर्सलाई जवरजस्ती करणाी गरेको अभियोगमा पक्राउ गरेका तोलाङ्गि लाई मोरङ अदालतका न्यायाधीश मोहन सुवेदीको इजाशलले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ । 

नेपाली काँग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित तोलाङ्गिले मोरङको जेफालेमा लगेर साउन १८ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा ‘जबरजस्ती करणी मुद्दा’ लागेको थियो  । 

केहि समय फरार भएका उनी गत  २६ मंसिरमा इप्रका बेलबारीमा आफै हाजिर भएका थिए । प्रहरीले अनुसन्धान पुरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि बुधबार मोरङ अदालतमा अभियोग दायर भएको थियो ।