इटहरीः इटहरी उपमहानगरपालिकाले राजश्व संकलनका लागि जनतालाई दिएको छुटको उपयोग गर्न शनिवार पनि राजस्व संकलन गर्ने वडा कार्यालयहरु खुला राख्ने भएको छ ।

गत नगरसभामै पास गरिएको पौष मसान्तसम्म एकीकृत सम्पत्ती कर, बहाल कर तथा व्यावसाय कर बुझाएका १० प्रतिशत छुट दिने घाषणा गरेको थियो । 

सोही घोषणा अनुरुप राजश्व संकलन गर्न र अन्तिम अवस्थामा पनि जनतालाई छुटको सदुपयोग गर्न भोली शनिवार समेत कार्यलय खुल्ला राख्न लागेको इटहरी उपमहानगरले जनाएको छ । 

पौष ३० गते शनिवार पनि राजस्व संकलन गर्नका लागि सवै वडामा राजश्व संकलन जारी राख्ने इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अघिकृत रामचरित्र मेहेताले बताएका छन् । 

वडामा समन्वय गरी कार्यालय खुला राखी राजस्व बुझ्ने व्यवस्था गरेका मेहताले बताएका छन्  । पौष महिना भित्र यो बर्षको कर तिरे उपमहानगरले २०७५ साल अगाडीको बहाल कर पुर्ण रुपमा छुट हुने इटहरी उपमहानगरपालिकाले बताएको छ ।