इटहरीः इटहरीको गंगा जमुना मुक्ति घाटमा विद्युतीय शव दाह गृह बन्ने भएको छ ।
इटहरी उपमहानगरपालिकाको समन्वयमा बृहत्तर मुक्तिधाम क्षेत्र विकास समिति तथा वेवारिसे शव व्यावस्थापन तथा पुनर्जिवन केन्द्रको समन्वयमा शुक्रबार विद्युतीय शव दाहगृह सम्बन्धि छलफल भएको छ ।
नेदरलेण्डको होम फाउण्डेसनको सहयोग तथा पुनर्जिवन केन्द्रको पहलमा विद्युतीय शव दाह गृह बन्न लागेको बृहत्तर मुक्ति धाम क्षेत्र विकास समिति इटहरी अध्यक्ष हेम प्रसाद घिमिरेले बताए ।
घिमिरेका अनुसार बृहत्तर मुक्तिधाम क्षेत्र विकास समितिले विद्युतीय शव दाह गृहको लागी जग्गा उपलव्ध गराउने र पुनर्जिवन केन्द्रले बजेटको व्यावस्था गर्ने भएको हो ।
श्ुाक्रबार भएको छलफल कार्यक्रममा पुनर्जिवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेत सहित स्थानीय सरकारको तर्फबाट वडा नम्बर ४ वडा अध्यक्ष भक्त बहादुर लिम्बु र वडा नम्बर ९का वडा अध्यक्ष जितेन थापाको सहभागीता थियो ।
मुक्ति धाम र सरोकारवाला निकायसँगको छलफल फलदायी रहेको र अव चाँडै आयोजनाको डिपिआर तयार गरी काम शुरु गर्ने निर्णय भएको मुक्ति धाम समितिका अध्यक्ष घिमिरेले बताए । विद्युतीय शवदाह गृह निर्माण सम्पन गर्न तीन देखि चार करोड रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ ।