प्रकाश बन्जारा 

इटहरीः इटहरी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी निकटका व्यावसायीले पनि प्यानल सहित निर्वाचनमा होमिने संकेत गरेका छन् । 

शनिवार इटहरीको रिजाल्स भिजन रिसोर्टमा भेला हुँदै स्वतन्त्र पार्टी समर्थक व्यावसायीले आगामी माघ १४ गते हुने उद्योग वाणिज्य संघको निर्वाचनमा कसरी जाने भनेर छलफल समेत गरेका छन् । 

शनिवारको छलफलमा करिव इटहरीका ५० भन्दा बढि व्यावसायीले सहभागिता जनाएको थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुनसरी जिल्ला सभापति लालविक्रम थापाको उपस्थितीमा भएको कार्यक्रममा इटहरीकै क्रियासिल व्यावसायीहरुले अवको निर्वाचनमा असल नेतृत्व चुनिनुपर्ने बिचार राखेका थिए । 

325482952_1009777610409906_4635413729817166089_n

इटहरीका व्यावसायीलाई पिर मर्का परेका कुराहरु बोल्नका लागि नयाँ नेतृत्व छान्नु पर्ने व्यावसायीले बताएका छन् । इटहरीका व्यावसायी यादव कोइरालाको सक्रियतामा रिजाल्स भिजनमा सहभागि भएका व्यावसायीहरु मध्ये कतिले आफुले उम्मेद्वारी दिन चाहेको बताएका छन् भने कतिले आफु स्वतन्त्र नेतृत्वको पक्षमा रहेको बताएका थिए । 

कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका वर्तमान कार्यसमितिका सचिव विष्णु डाँगीले व्यावसायीलाई साह्रो गाह्रो पर्दा उपस्थित नहुने नेतृत्व अव काम नलाग्ने भन्दै ठुलो पार्टीको आडमा मुठिभरका व्यासायीले वाणिज्य संघमा आएर राजनिति गरिरहेको बताएका थिए । यस्तै कार्यक्रममा बोल्दै व्यावसायी चन्द्र बहादुर राईले आफ्नो अनुकुलको नेतृत्व नआए पुन निर्वाचन गर्ने लगायतका खेलहरु केही खेमाले गरिहेको भन्दै त्यो व्यावसायीहरुको लागि मान्य नहुने धारणा राखेका थिए । 

325296501_5994655593934183_7364014913730930630_n

यता राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति लालविक्रम थापाले कतिपय व्यावसायीहरु राजनितिक हिसावले खुलेर नआएपनि आफुहरुले उठाएको उम्मेद्वारको पक्षमा रहेकाले अव व्यावसायीका निम्ति का मगर्ने व्यापारी नेतृत्वमा आफ्नो पार्टीको तर्फबाट उम्मेद्वार बनाउने र त्यो उम्मेद्वारलाई पार्टीले कुनै दवाव र प्रभाव नपार्ने बताएका थिए । 

उम्मेद्वारी दिन चाहाने व्यावसायीले आफ्नो नाम गोप्य रुपमा उपलव्ध गराउन अनुरोध गरिएको उपलव्ध नामहरुबाट उपयुक्त नेतृत्वको छनोट गर्नका लागि एउटा समिति समेत शनिवार बनाइएको छ । व्यावसायी चन्द्र बहादुर राईको नेतृत्वमा गठित समितीले व्यावसायीको उम्मेद्वार छान्ने र पत्रकार सम्मेलनमार्फत उम्मेद्वार सार्वजनिक गर्ने बताइएको छ । छनौट समितिमा स्वतन्त्र सडक व्यापार संगठनकी सरिता कार्की लगायत छन् ।

321079196_545369184183929_7660369176236142580_n