इटहरीः जेठ ८ गते पत्रकारमाथि भएको दुव्र्यवहारको घटनालाई लिएर इटहरी उपमहानगरपालिकाले माफी मागेको छ । कार्यवाहक मेयर लक्ष्मी गौतमले हस्ताक्षर गरेर जारी गरिएको प्रेस विज्ञप्तीमार्फत् उक्त दिन परिस्थितिजन्य घटना  हुने पुगेको भन्दै पत्रकार र प्रेस जगतलाई पर्न गएको चोटप्रति क्षमायाचता गरिएको छ ।

मेयर द्वारिकलाल चौधरीले समाचार  सङ्कलनका लागि पुगेका पत्रकारहरू कृष्ण बहाब भट्टराई र विकल रेग्मीमाथि  दुर्व्यवहार गरेका थिए । त्यस पछिका मेयरका अभिव्यक्ति पनि अमार्यादिद रहँदै अाएका छन् ।

यस विषयमा नेपाल पत्रकार महासँघ र सुनसरी शाखाले पनि विज्ञप्ती जारी गर्दै घटनाकाे विराेध जनाउँदै अाएकाे छ ।

 

उपमहानगरले जारी गरेकाे विज्ञप्तीमा २०७६ हुनुपर्ने हाे, तसर्थ घटना २०७६ सालकै भएकाे हुँदा हामीले यसलाइ सुधारेर समाचारमा राखेका हाैँ । - सम्पादक

60965413_1256690121153889_6862085548220088320_n copy copy