इटहरीः पूर्व श्रीमान नवराज मैनालीमाथि बोटल प्रहारबाट टाउकोमा चोट पुर्याएकाे भनिएकी इटहरीकी लता कार्कीले आफुु माथिको प्रहार जोगाउँदा उसको टाउकोमा सिसा बज्रिएको दाबी गरेकी छिन् । लामो समय सँगै जीवन बिताएर ५ वर्ष अघि मैनलीसँग कानुनी रुपमा अलग भएकी लताले स्वतन्त्रपूर्वक जीवन बिताउन नपाएको गुनासो गरिन् ।
श्रीमान हुँदा उसले दिएको पीडाबाट आजित भएकी कार्कीले कानुनी रुपमा अलग हुँदा पनि अझै दुख दिन नछाडेको बताइन् ।
प्रदेशपोर्टले उक्त घटनाबारे बुुझ्दा कार्कीले दिएको जानकारीको सारांश यस्तो छ ः
नवराजसँग मेरो कानुनी रुपले सम्बन्ध बिच्छेद भएको ५ वर्ष पुगेको छ । म के कारणले उसँग अलग भएँ भन्ने बारे इटहरीमा धेरैलाई थाहा छ । उसले पहिले पनि मलाई अपहरण गरेको थियो । जुन दिन मलाइ अपहरण गरेका थियो त्यो दिन मलाइ लगेर थुनिएको घरमा रहेका व्यक्तिले मलाइ यो कुरा आज पनि भन्न सक्छन् । आज पनि मेरो बारे समाचार आएपछि मलाइ फोन गरेर तिमि चिन्ता नगर उसले दिएको पीडाबारे हामी सम्बन्धित ठाउँमा बोल्छौँ भन्नु भएको छ ।
त्यो बेला किन नबोलेको भन्ने कुरा पनि आउला । जब एक दिन पुरै म अपहरणमा परे छोरीले अर्कैसँग भागि बिहे गरि भनेर मलाइ बुवा आमाले पनि मेरो कुरा सुन्नै मानेनन् । मलाइ जबरजस्ती उ सँगै पठाएका हुन् । म बाध्य भएँ । जो व्यक्तिाइ जीवनमा धेरै मन पराएकी थिएँ अन्ततः उ सँग जीवन बिताउन पाइन । भाग्यमा यस्तै रहेछ भनेर मैले आफु चुपचाप रुँदै बस्नुपर्यो । बिताएका धेरै दिन टरचरमा परेँ । मैले ३ पटक सुसाइड एटेम्पट पनि गरेको हुँ ।
हामी बीच छोरा पनि छ । छोरा मलाइ ल्याउन दिइएन । अहिले छोरा उसका लागि भँजाउने माध्यम बनेको छ । म अलग भएपछि मलाइ यति नानाभाँति गालि गरेको छ कि मैले ति सबै कुरा भन्न सक्दिन । छोराको वालमस्तिष्कमा कुनै अप्ठ्यारो नहोस भनेर मैले कहि बोलेको थिइँन । अब म चुप लाग्दिन । मलाइ सार्वजनिक ठाउँमा उसले बोल्न हुने, नहुुने सबै बोलेको छ । म साहित्य क्षेत्रमा कलम चलाउने व्यक्ति पनि हुँ । मेरा साथिसर्कलमा कसैलाइ बाँकि राखेको छैन । मेरो चरित्रमाथि औँला उठाउँदै सामाजिक संजालमा जथाभावि बोल्दै हिँडेको छ । आखिर जे भए पनि छोरालाई सुरक्षा दिएको छ भनेर मैले केहि नबोलेकि हुँ । तर नबोल्दा नहुने भयो । म माथि भएको अन्याय मैले शब्दमा व्यक्त गर्न सक्दिन ।
शुत्रवार दिउँसाे भएको घटनामा म सिपिएन कम्प्यूरबाट कम्प्यूटर सिकेर खाजा खान क्याफेमा साथिहरुसँग पुगेको थिएँ । त्यहाँ मनोज भन्ने भाइसँग वाइकमा आएर एक्कासी मेरो भिडियो खिच्न थाल्यो । अनि किन खिचेको मेरो अनुमतीबिना भन्दा मलाइ उसले हातले बोटल समाइ प्रहार गर्यो । त्यो भन्दा पहिलो मेरो संवेदनशिल अंगमा प्रहार गर्यो । जसरी मलाइ पहिले पहिले मरणासम्म हुनेगरि पिट्थ्यो । आज पनि सोहि गरि पिट्यो । मैले ज्यान जोगाउन छेक्ने प्रयास गरेकी हुँ । म सँगै रहेका अन्य साथिलाई पनि अन्धाधुन्ध प्रहार गर्न थाल्यो । मैले छेक्दा उसले हानेको बोटल टाउकोमा बज्रेको हो । कसैले आफ्नो ज्यान लिन आउँछ भने मैले छेक्नुुपथ्र्यो । मैले त्यहि गरेकी हुँ । मैले उसको ज्यान लिने गरि हानेकी होइन । अाफ्नाे बचाउमा यस्ताे गरेकी हुँ ।
उसले मलाइ धेरै पटक ब्लाकमेल गरेको छ । मेरो इज्जत प्रतिष्ठामाथि प्रहार गरेको छ । सार्वजनिक स्थानमा अपशब्द बोलेको छ । मेरो चरित्रमा माथि औँला उठाउँदै म जहाँ जहाँ काम गर्छुु त्यहाँ त्यहाँ मलाई तल्लो स्तरको शब्द प्रयोग गर्दै गालि गरेको छ । उसका विरुद्ध यदि म अदालत जाने हो भने नराम्रोसँग फंस्ने प्रमाणहरु भेला पारेर बसेकी छुु । अब म पनि चुप लाग्दिन । म अन्यायमा पर्दा मेरो लागि बोल्दिने धेरै आफन्तहरु छन् । साथिहरु छन् । म पनि कानुनी उपचारको बाटोमा लाग्छुु ।
सम्बन्ध बिच्छेद गरिसकेपछि पनि मलाइ स्वतन्त्र भएर बाँच्न दिँदैन भने मैले कानुनी उपचारको बाटो खोज्नुुको विकल्प भएन ।
१. सम्बन्धित समाचारः पूर्वपत्निद्वारा मैनालीमाथि आक्रमण, टाउकाेमा चार टाँका