धनकुटा:  धनकुटा नगरपालिकाले यो वर्ष ६ हजार ५ सय एभोकाडोका बिरुवा कृषकहरूलाई वितरण गरेको छ । गत वर्ष एभोकाडोको राजधानी घोषणा गरी कृषकलाई एभोकाडो खेती तर्फ आकर्षण गरेको नगरपालिकाले यो वर्ष भने सहुलियत दरमा बिरुवा वितरण गरेको हो ।

नगरपालिकाले आफ्नै नर्सरीमा ह्यास, ल्यामह्यास्, बाकोन र गोयन गरी ४ उन्नत जातको ६ हजार ५ सय बिरुवा उत्पादन गरेर कृषकहरूलाई सहुलियत दर प्रतिकोटा ५० रुपैयाँमा उपलब्ध गराएको धनकुटा नगरपालिकाले जनाएको छ । उन्नत जातको एभोकाडोको बिरुवाको बाहिर बजारमा प्रतिकोटा २ सय रुपैयाँ भन्दा बढी मूल्य पर्दछ ।

गत वर्षको नगरसभाले धनकुटा नगरलाई एभोकाडोको राजधानी घोषणा गरेर एभोकाडो बिक्री वितरण तथा उत्पादनको लागि अभियान सुरु गरेको थियो । सोही अभियान अन्तरगत नगरपालिकाले आफ्नै कम्पाउण्डभित्र एभोकाडोको नर्सरी स्थापना गरी बेर्ना रोपेर बिरुवा उत्पादन गरेर कृषकहरूलाई सहुलियत दरमा वितरण गरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । माग अत्यधिक भएकाले माग अनुसार बिरुवा वितरण गर्न नसकिएको उपमेयर सकुन्तला बस्नेतले जानकारी दिइन । आगामी वर्ष अझ बृहत् रूपमा उत्पादन गरी वितरण गरीले उनले जानकारी दिए । 

९ सयदेखि १२ सय फिटको उचाइमा उत्पादन हुने गर्दछ । धनकुटाको हावापानी माटो र भूगोल एभोकाडोका लागि उपयुक्त क्षेत्र कृषि अभियानता जीवन राईले जानकारी दिए। 

IMG_7124 copy copy

सम्बन्धित समाचारः धनकुटाको एभोकाडो पोखरादेखि पाल्पासम्म