संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्तापितलाई प्रदेश नम्बर–१ सरकारले हेलिकप्टरबाट राहत सामग्री र औषधी पुर्याएको छ । मंगलबार बिराटनगरबाट आएको नेपाली सेनाको हेलिकप्टर मार्फत पिडीतहरुको लागि राहत सामग्री सिलिचोङ गाउँपालिकाको सिसुवाको बुधबारे बजारमा झारिएको हो ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार खराब मौसमका कारण सिलिचोङको चित्रेका लागि उडेको हेलिकप्टर अवतरण हुन नसकेपछि सिसुवाको बुधबारे बजारमा राहत सामग्री झारिएको जानकारी दिए।
प्रदेश सरकारले सिलिचोङ गाउँपालिका –१ वेसिन्दा पहिरो बाट विस्थापित भएका स्थानियलाई १५ क्वीन्टल चालम, २ क्वीन्टल दाल, १ सय लिटर तेल, ५० किलो नुन, ५३ वटा टेन्ट, १० कार्टुन चाउचाउ र १० काटुन विस्कुट तथा म्याटे«स राहत लिएर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैत,सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, सामाजिक विकास समितिकी सभापति सरिता खड्का, प्रदेश सांसद पूर्ण प्रसाद राई, तुलसी न्यौपाने र पदमकुमारी गुरुङ सङ्खुवासभा पुगेका थिए ।
सोमबार मुख्यमन्त्री शेरधन राई आफैँ राहत सामग्री बोकेर आएपनि खराब मौसम राहत रामग्री बोकेको हेलिकप्टर अवतरण गर्न नसकेपछि विराटनगरनै फर्किएको थियो ।
गत २८ गते आएको अबिरल वर्षा सँगैको पहिरोले ९ घर बगाएको थियो भने ११ जना बेपत्ता भएका छन् । पहिरोमा घाइेत भएका ५ जनाको सकुसलै उद्दार गरिएको छ। पहिरोले उद्धारका क्रममा खटिएका स्थानीय १ जनाको बेहोस भएर मृत्यु भएको थियो । पहिरोको उच्च जोखिम भएका कारण वेसिन्दा लगायत गाउँका ८६ घर परिवारका ३ सय ३९ जना विस्थापित भएका छन् ।
राहत सामग्री नपुग्दा वेसिन्दाका पहिरो पिडीत आलु र पुरानो मकै खाएर बसिरहेका थिए । यातायातको पहुँच नपुगेको सिलिचोङमा खाद्यान्न सामग्री भरीया र खच्चरलाई बोकाएर लाग्न गरिएको छ । पहिरो बाट विस्थापितहरु अहिले पहिरो भन्दामाथिको चित्रे डाडाँको शेर्पा गाउँमा राखिएको छ ।
पहिरोबाट बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानियबासी,प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवा र ताम्कू बाट गएको नेपाली सेनाले गरिरहेकोे भएपनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।उद्दारका लागि सदरमुकाम खाँदबारी बाट समेत ५० भन्दा बढी सुरक्षाकर्मी विपद् ब्यवस्थापनको सामग्री लिएर बेपत्ताको खोजी कार्य गरिरहेका छन् ।
यस्तै संघीय सासंद राजेन्द्र गौतमले पहिरो पिडीतहरुलाई घरबास सबै उडाएको पिडा र तीन दिनदेखी खान नपाएर छटपटाई रहेको अवस्था छिटो भन्दा छिटो राहत पुर्याउन आफूले सक्दो प्रयास गरिरहेको बताए ।
यो पनि : संखुवासभा पहिरो: पीडितलाई राहत पुर्याउन समस्या, खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन सकेन
यो पनि : संखुवासभा पहिरो : ९ घर बगायो, बेपत्ता ११ जनाको खोजी कार्यजारी,उद्दारमा खटिएका एक जनाको मृत्यु
यो पनि: संखुवासभाको सिलिचोङ पहिरोः बेपत्ता ११ जनाको पहिचान खुल्यो, ४ जनाको सकुशल उद्धार
यो पनि: संखुवासभाको सिलिचोङमा पहिरोले ७ घर बगाउँदा ११ वेपत्ता,प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन