इटहरीः भोलि अर्थात बिहिबारबाट बिहान १0 बजेसम्म सुनसरी जिल्ला भरीका बजार तथा पसल खुल्ने भएका छन् । विश्वव्यपी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासले जारी गरेका निषेधाज्ञामा केही परीवर्तन गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहान १0 बजेसम्म बजार तथा पसल खोल्ने निर्णय गरेको हा्े । आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सुरक्षा समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । भदौं १८ गते बिहिबारबाट सुरक्षाका विधि अपनाएर बिहान १0 बजेसम्म सुनसरी जिल्लाका बजारहरु खुल्ला गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले बताए । ।
आवश्यकीय सुरक्षा सतर्कता अपनाइ सचेतना जगाउदै भिडभाड नहुने गरी बिहान ११ बजे सम्म बजार तथा पसलहरू खोल्ने निर्णय भएको हो । उनका अनुसार फिल्म हल, शैलुन, ब्युटी पार्लर बन्द नै रहने छ । प्रसाशनले भदौ १८ गते देखि ब्यवसाय खोल्ने तयारी गरेसंगै इटहरीमा पनि साना तथा ठुला ब्यवसायीहरू आ–आफ्नो पसलहरू खोल्ने तयारीमा लागेका छन । यस अघि चौथो पटक म्याद थप्दै भदौ १७ गते अर्थात आज राती १२ बजे सम्म जिल्लालाई निषेधित क्षेत्र घोषणा गरीएको छ ।
खुल्ने पसलमा भिडभाड हुन नदिन गोलो घेराको प्रबन्ध मिलाउने, सर्वसाधारणले मुल्यसुची देखिने गरि अनिवार्य राख्ने, अनिवार्य मास्क र पञ्जा प्रयोग गर्नेलगायत नियम पालना गर्नुपर्नेछ । डिपार्टमेन्ट स्टोरहरुले गेटमा थर्मल गनले ग्राहको तापक्रम नाप्ने व्यवस्था गर्नुपर्नेछ । होटल तथा रेष्टुरेष्टहरुले अनलाइन अर्डरमा होम डेलिभरी गर्न पाउने तथा ग्राहक स्वायम आएर प्याकिंग गरेर लैजान पाउनेछन् । होटलमा भेटघाट तथा जम्मा नहुन भने पाइनेछैन । राती ९ बजेदेखि बिहान ५ बजेसम्म डिडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।
बैठकले सिटी सफारी (ई(रिक्सा)लाई सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर, हरेक दिन डिस्इन्फेक्सन गर्नुपर्ने, चालकले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, प्रवेश गर्नुपुर्व यात्रुलाई अनिवार्य सेटिनाइजर उपलब्ध गराउने, २ जना भन्दा बढी यात्रु राखेर चलाउन नपाउने र जोरविजोर प्रणालीमा सिटी चलाउन पाउने निर्णय पनि गरेको जिल्ला प्रशासनद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।