इटहरीः सुनसरीको इटहरीमा एक जान १२ वर्षीय बालिका माथि फाइफुल्याई गरेर बलात्कार भएको छ । इटहरी उपमहानगरपालिका ५ पचरुखीकी १२ वर्षीय बालिका बलात्कृत भएकी हुन् । उनलाई सोहि ठाउँ कोठा भाडामा बस्ने भोजपुर स्थायी घर भएका प्रतीक राईले बलात्कार गरेका हुन् ।
राईले गत मंगलवार विहान ८ वजे बालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको खुलेको छ । राईले यदि बलात्कार गरेको कुरा परिवारमा सुनाए ज्यान मार्ने धम्की दिएका थिए । बालिकालाई फकाउन उनले एक सय रुपायाँ दिएको बताइएको छ ।
ती बालिकालाई ७२ घण्टे गर्भ नरहने औषधी खुवाएर राईले बलात्कार गरेका थिए । घटना मंगलवार नै घटेको भएपनि राईले ज्यान मार्ने धम्की दिएपछि बालिकाले कसैलाई भनेकि थिइनन् । बालिकाका परिवारले उनलाई रोइरहेको अवस्थामा भेटेपटि घटना सार्वजनिक भएको हो । बालिकाले आफू बलात्कृत भएको परिवारलाई बताएपछि परिवार तथा स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
राईलाई उनकै कोठाबाट शनिवार साँझ प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । पक्राउ गरेका राईमाथि थप अनुसन्धान भइरहेको र पीडित बालिकालाई मेडिकलमा जाचँका लागि लैजाने तयारी रहेको इटहरीका डिएसपी अर्जुन केसीले बताए ।