काठमाडौंः प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ। दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल ९सुनार० माथि श्रीमती दिलमाया सुनारको २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो।

घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दिलमाया आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन्।

तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान गर्दा रिजालले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो। त्यसपछि उनी फरार थिए। उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौं बुझाएको थियो। उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ।रासस