इटहरीः अक्सर हामी चलचित्र देख्छौँ कुनै ठूलो रकम दिन्छु भनेर बैंकमा पैसा जम्मा गर्न लगाएर फरार हुन्छन् । ठ्याक्कै त्यस्तै विषयले पिडित बनेकि छिन् इटहरी उपमहानरपालिका ९ जुट विकास कि सोभा भट्टराई । उनि इटहरीमा नै असाहय महिलाहरुको क्षेत्रमा काम गर्दै आएको संस्थामा आवद्ध हुन्छिन् । त्यहि संस्थामा इटहरी १३ खानारका सुशील राजभरलाई संस्थाको बैठकबाट सल्लाहकारका रुपमा नियुक्त गरिन्छ । संस्थाले राजभरलाई कुनै कार्यक्रम कतैबाट आउनेभए जानकारी गराउनु भन्छन् । सो बैठकमा संस्थाका सबै सदस्य उपस्थित भएका हुन्छन् ।

 बैठकबाट सल्लाहकारमा नियुक्त भएका सुशील राजभरले केहि समयपछि राम्रो कार्यक्रम आएको संस्थाबाट भनेर सोभालाई भन्छन् । उनको कुरा सुनेपछि सोभा सो कार्यक्रम गर्न इच्छुक हुन्छिन् र संस्था पनि अग्रसर हुन्छ । त्यसको केहि समय पछि सुशीलले सोभासँग म उजेलि फाउन्डेसनको सचिव हूँ भनेर परिचय दिने सन्तोष पोखरेल र उनका साथि अमित न्यौपानेसँग इटहरीमा भेटाउँछन् । सन्तोष पोखरेल उहि व्यक्ति हुन जसले सोभालाई ठगेर हाल फरार छन् । सान्तोषले हामी तपाईँलाई ४२ लाखको कार्यक्रम दिन्छौँ तर त्यसको लागि सोभालाई कार्यक्रमको बजेटको ७ प्रतिशत पैसा पहिला जम्मा गर्न लगाउँछन् ।

 सन्तोषले भने बमोजिम सोभाले पनि पटक पटक गरेर ४ लाख ५ हजार पैसा विशाल ढुङ्गेल नाम गरेका व्यक्तिको खातामा इटहरीको सिदार्थ बैंकबाट जम्मा गरिदिन्छिन् । अब सुरु हुन्छ यो घटनाको मुख्य विषय । पैसा उनिले ३ पटक गरेर विशाल ढुङ्गेलको नाममा ४ लाख ५ हजार गरिदिन्छन् । पैसा यो घटनामा सोभा र सन्तोसलाई भटाउन कडिको रुपमा काम गर्ने सुशीलले २ पटक जम्मा गरेर सोभालाई भौचर दिन्छन् । सोभाले यो कारोबार उनि आवद्ध भएको आसाहय नारिको लागि काम गर्ने संस्थाबाट गरेकि हैनन् न त पठाउननै उजेलि फाउन्डेसनलाई पठाइन् । यसले उनलाई थप जटिलता तर्फ धकेलेको छ । पैसा पठाएपछि सन्तोषको व्यवहार सोभालाई फरक लाग्छ र सन्तोष पनि मोबाइल अफ गरेर हराउँछन् । फोन उठाए पनि अहिले म यो कार्यक्रममा छु भन्छन् त कहिले म त्यो व्यक्तिसँग छु भनेर टार्छन ।

 सन्तोषलाई सोभाले संस्थाको माग गर्छिन् तव सन्तोषले बनावटि ‘लेटर प्याड’मा संस्थाको बारेमा सहि गरेर पठाउँछन् । लामो समय सामाजिक संस्थामा काम गरेकि सोभालाई सो चिठ्ठी माथि संका उत्पन्न हुन्छ । त्यो विचमा सन्तोष सोभाबाट सम्पर्क विहिन हुन्छन् । उनको चिठ्ठीको उजेलि फाउन्डेसनले जवाफ पठाउँछ, संस्थाको आधिकारीक ‘लेटर प्याड’मा निज सन्तोष संस्थाको कार्यक्रममा सहभागि भए पनि उनले भने जस्तो सचिव नभएको भनेर । उजेलिको चिठ्ठी पाएपछि उनले फेरि सन्तोषलाई फोन गर्छिन् र सन्तोषले आफूँले ठागि नगरेको र पैसा फिर्ता गर्छु भनेर प्रतिवद्धता जाहेर गर्छन् ।

त्यसको केहि समयपछि सन्तोषले सोभालाई २ वटा (१,६५,००० र २,४०,०००) प्रभू बैंकको चेक दिन्छन् । चेक दिएको बैंक खातामा पैसा नभएको र केहि समयपछि खातामा पैसा जम्मा गर्ने र त्यसपछि ‘चेक बाउन्स’ गर्न भनेर सोभालाई चेक दिन्छन् । चेक पाएपछि सोभा केहि हलूका महसूस गछिन् तर त्यो केहिदिनका लागि मात्र रहन्छ । सोभाले बारम्बार बैंक गएर पैसा निकाल्दा खोज्दा पनि बैंकबाट खातामा पैसा नभएको जानकारी पाउँछिन् । एकतर्फ उनले संस्थाका नामबाट नभएर व्यक्तिगत नामबाट पैसा पठाएकी छिन् अर्को तर्फ उनलाई पैसाको व्याजले पिरोलेको छ । सावाँको त कुरै छोडौँ ।

 २०७५ सालको भदौमा सुरु भएको यो ठगि काण्डमा सोभाले इटहरी प्रहरीदेखि जिल्ला अदालत काठमाडौँमा मूदा दर्ता गछिन् । इटहरीका तत्कालिन डिएसपी धर्मराज भण्डारीले सोभालाई पैसा पठाएको ठाउँ काठमाडौँ भएकाले त्यहाँ जाहेरि दिँदा सजिलो हुने बताउँन् र सोभा त्यहि गछिन् । जाहेरी दिन जाँदा सोभाले सन्तोष पहिलादेखिनै ‘प्रोफेस्नल’ ठगि गर्दै आएको थाहा पाउँछिन् । साथै उनले टेकुमा पोखराकी एक महिलालाई ठगेको आरोपमा १५ दिन अगाडिसम्म त्यहाँ रहेको जानकारी पाउँछिन् । त्यसपछि उनले विभिन्न सञ्चार माध्यमबाट सन्तोषलाई खोजि गर्न लाग्छिन् तर हालसम्म फेला पार्दिनन् । २ वर्ष अगाडि ४ लाख ५ हजार को व्याजले सोभालाई दिन दिनै पिरोल्दै छ साथै मुद्दा दर्ता गराउन काठमाडौँ जाँदा उनको हजार खार्च भएको छ । पैसा फिर्ता आए उनि आफूले जति खर्च गरेनि त्यसको भार थेग्न तयार रहेको बताउँछिन् र हाल सन्तोषले नम्बर परिर्वतन गरेकाले उसको खोजि गर्न र आफूलाई न्याय दिलाउन अनुरोध गछिन् ।

check

सोभाको संस्था र सुशील राजभर

सुनसरीमा सामाजिक क्षेत्रमा कम गर्दै आएका सुशील राजभरलाई सोभाको संस्थाले सल्लाहकारमा नियुक्त गरेका थिए । सामाजिक क्षेत्रमा काम गर्ने भएकाले आफ्नो संस्थालाई फाइदा पुर्याउने भन्दै संस्थामा अवद्ध गराइएको सोभाले बताइन् । ‘सुशीललाई हामीले संस्थाको बैठक बसेर निर्णयमा हस्ताक्षर नै गराएर सल्लाहकारमा नियुक्त गराएका थियौँ र कुनै त्यस्तो कार्यक्रम आए संस्थालाई जानकारी गराउने जिम्मेवारी दियौँ’, सोभाले भनिन् ।

त्यसको केहि समयपछि सुशीलले सोभाको समुहलाई एउटा बालबालिका सम्बन्धी कार्यक्रम गर्न ४२ को बजेट रहेको सो कार्यक्रम उजेलि फाउन्डेसनको रहेको बताएको जानकारी दिइन् । ‘सुशीलले हामीलाई देहायवमोजिमाको कार्यक्रम आएको छ र उँहासँग भेटेर कार्यक्रम गर्न सकिन्छ भने । त्यसपछि काभ्रेपलाञ्चोकको धुलिखेल स्थायी घर भएर काठमाडौँ बस्दै आएका सन्तोष पोखरेल (जसले सोभाको ४ लाख ५ हजार ठगेर अहिलसम्म बेपत्ता भएका छन्) सँग सुशीलले हामीलाई भेटाए र कार्यक्रम गर्ने निधो भयो’, उनले भनिन् । सन्तोषसँग भेटेपछि सबै कुरा भएको र संस्थाको खातामा लिखित निर्णय गरेर सन्तोषले पनि हस्ताक्षर गरेको बताइन् । सो बैठकको निर्णय हालसम्म पनि सुरक्षित रहेको सोभाले जानकारी दिइन् ।

पैसा ठगेर भागेपछि सुशील पनि संस्थाबाट टाढीदैँ गएका सोभाले बताइन् । हाल सुशीलसँग कुरा गर्दा सन्तोषले आफूलाई मार्ने धम्कि दिने गरेको बताउँदै आएका सोभाको भनाई छ । केहि समय अगाडि सुशील, ठगि गर्ने सन्तोषसँग कुरा भए पनि हाल सन्तोषको कुनै अत्तोपत्तो नरहेको बताइन् । उनले सुशीलले दुईजनालाई जेड्ने काम मात्रै गरेकाले उनलाई मुद्दा हाल्न नसकेको र छोड्न पनि नचाहेको बताउँछिन् ।

 उजेलि फाउन्डेसनबाट सोभालाई चिठ्ठी र संस्थागत सहयोग

सोभाले आफू ठगिएको र सन्तोष उजेलि फाउन्डेसनमा आवद्ध भए नभएको थाहा पाउन संस्थाको आधिकारीक ‘लेटर प्याड’मा उजेलिलाई चिठ्ठी लेखेको जानकारी दिइन् । सो चिठ्ठी केहि समय पश्चात जवाफ पाएको र सन्तोषले भने जस्तो जिम्मेवार पदमा नरहेको थाहा पाएको सभाले बताइन् । ‘मैले उसको बारेमा र संस्था प्रति आवद्धता पुष्टि गर्न मेरो संस्थाबाट पठाएको आधिकारी चिठ्ठीको जवाफ संस्थाका तत्कालीन अध्यक्ष सुमन पोखरेलको हताक्षर रहेको पत्र प्राप्त गरे । त्यो चिठ्ठमा सन्तोष त्यो संस्थाको साधारण सदस्य पनि नरहेको र कहिले काँहि संस्थाको कार्यक्रममा सहभागि मात्र हुने गरेको पाँए’ सोभाले भनिन् ।

त्यसपछि सोभाले तत्कालीन अध्यक्ष सुमनलाई फोन गरेको र सुमनले सकेसम्म जानकारी गराएको बताइन् । ‘मैले सुमन सरलाई फोन गरे उहाँले सकेसम्मको सन्तोषको जानकारी मलाई दिनुभयो र निजालाई कारबाहिको दायरमा ल्याउन सकेसम्मको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । त्यसको केहि समयपछि सुमन इटहरी आए र भेटेर छलफल गर्दा सन्तोष पहिला देखिनै ठगि गर्दै हिँड्ने गरेका थाहा पायौँ’, सोभाले भनिन् । सुमनले नै सन्तोष भारतमा भएको जानकारी गराएको सोभाले जानकारी दिइन् । भारतबाट नेपाल आएपछि पुनः एकपटक सन्तोषसँग कुराकानि भएको सोभाको भनाइ छ । ‘उ भारतबाट नेपाल आएपछि मैले एकपटक फोन गरेको थिएँ र उसलाई पैसाको कुरा गर्दा काठमाडौँमा रहेका जग्गा लिजमा दिएर पैसा चुक्ता गर्ने बतायो तर अहिलेसम्म दिएको छैन्’, सोभाले दुखेसो पोखिन् ।

साथै उजेलिमा नयाँ अध्यक्षको रुपमा हाल मधु लामिछाने रहेको जानकारी पाए पछि पुनः उनिसँग पनि निरन्तर जोडि रहेको बताइन् । लामिछानेले पनि आफूलाई सकरात्मक रुपमा सहयोग गरेको सोभाले बताइन् । तर पनि अझै सन्तोषको अत्तोपत्तो नलाग्नाले सोभालाई निन्द्रा लागेको छैन् ।

mudda (1)

इलाका प्रहरी कार्यलयदेखि महानगरिय प्रहरी वृत्त काडमाडौँमा मुद्दा प्रक्रिया

सोभाले न्यायको पहिलो आवाज इलाक प्रहरी कार्यलयबाट पाउने आशा गरेकि थिइन् तर त्यो सम्भव भएन् । त्यहाँ गएपछि उनले कहाँ गएर मुद्दा दर्ता गराउँदा उपयुक्त हुने थाहा पाइन् । इटहरी प्रहरीका तत्कालिन डिएसपी धर्मराज भण्डारीको निर्देशनमा उनले काठमाडौँको टेकुमा गएर मुद्दा दर्ता गरिन् र अनुसन्धानको पहिलो ढोका आरम्भ भएको सोभाले बताइन् ।

‘इटहरी प्रहरीका त्यतिबेलाका डिएसपी धर्मराज भण्डारीले पिडक काठमाडौँ बासी भएकाले टेकुमा गएर जाहेरि दिँदा सजिलो हुने बताउनु भयो । मैले उहाँको सल्लाहमा टुकु गएर मुद्दा दर्ता गरेको थिएँ’, सोभाले भनिन् । सोभालाई केहि समय अगाडि उनको मुद्दा पाटन स्थित उच्च अदालतमा पुगेको जानकारी आएको बताइन् । ‘मेरो फोनमा एउटा ‘म्यासेज’ जसमा मैले दर्ता गरेको जाहेरी अनुसन्धानका लागि अदालतमा पुगेको जानकारी आयो’, सोभाले भनिन् । आफ्नो बलवुताले भ्याए जति सबै कुरा गर्दा पनि पैसा उठाउन नसके पछि अन्तिम अस्त्रका रुपमा सञ्चारमाध्यमसँग कुरा गर्न आएको  बताइन्। साथै उनले जसरी पनि न्याय दिलाउन माग गरिन् ।