इटहरीःमहानगरीय ट्राफिक प्रहरी महाशाखाले हिजो सोमबारदेखि सवारीका कागजात हराएको सिफारिसका लागि अनलाइन प्रविघि अपनाएको छ । यसबाट सहज रुपमा घरबाटै आवेदन दिई सिफारिस लिन सकिने बताउँदै महाशाखाले सेवा लिने सेवाग्राही र सेवा प्रदायक ट्राफिक प्रहरी दुवैको समय बचत हुने विश्वास व्यक्त गरेको छ । कागजपत्र हराएको भन्दै दैनिक दुई सयको संख्यामा कार्यालयमा पुग्ने सेवाग्राहीलाई सहयोग पुर्याउने उद्देश्यले महाशाखाले सेवा प्रारम्भ गरेको हो ।